
मंगलवार , पौष ६, २०७८
भैरहवा, ६ पुस ।
स्थानीयस्तरमा मनोरञ्जन क्षेत्र सञ्चालनको मापदण्ड मस्यौदा गर्न स्थानीय मानव बेचबिखन नियन्त्रण समितिसंग परामर्श तथा
छलफल कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा माइती नेपालको सहकार्य र सहयोगमा भएको कार्यक्रममा माइती नेपाल भैरहवा आवधिक गृहका कार्यक्रम संयोजक माया क्षेत्रीले मस्यौदा प्रस्तुतीकरण गरेका थिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाकाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सिद्धार्थनगर नगर क्षेत्रभित्र सञ्चालनमा रहेका मनोरञ्जन तथा सत्कार सेवा क्षेत्रमा काम गर्ने श्रमिकहरुको हकहित र मर्यादित श्रमसम्बन्धी न्यूनतम मापदण्ड तथा अनुगमन निरीक्षण निर्देशिका–२०७८ समेत प्रस्तुत गरिएको थियो । मनोरञ्जन तथा सत्कार सेवामा डान्स, बार, रेष्टुरेष्ट, दोहोरी साँझ, मसाज पार्लर, खाजाघर र साना होटल लगायत व्यवसाय पर्दछन । कार्यक्रममा नगर उपप्रमुख उमा काफ्लेले निर्देशिका राम्रो भए पनि कार्यान्वयनमा समस्या देखिने बताइन् ।
सो अवसरमा सामाजिक शाखा प्रमुख यादव प्रसाद सापकोटा, सूचना अधिकारी देव ज्ञवाली, कानूनी सल्लाहकार शेषनारायण भण्डारी, स्वास्थ्य शाखा प्रमुख गिता न्यौपाने पोखरेल, कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादव, भैरहवा नमुना माविका प्राचार्य चुन्न प्रसाद पाण्डे लगायतले बोलेका थिए । कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख कौशिल्या चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij