images

मंगलवार, बैशाख २५ गते २०८१

खोरेतविरुद्ध खोप लगाउन लुम्बिनी प्रदेशमा २५ सय भ्याक्सिनेटर नियुक्त

खोरेतविरुद्ध खोप लगाउन लुम्बिनी प्रदेशमा २५ सय भ्याक्सिनेटर नियुक्त

रुपन्देहीमा आइतबारदेखि सुरु हुने

images
images
images
बिहिवार, पौष ८ २०७८
बिहिवार, पौष ८ २०७८
  • खोरेतविरुद्ध खोप लगाउन लुम्बिनी प्रदेशमा २५ सय भ्याक्सिनेटर नियुक्त

    भैरहवा, ८ पुस ।
    खोरेत रोग उन्मुलनका लागि लम्बिनी प्रदेशका १० जिल्लामा २५ सय प्राविधिकलाई खटाइएको छ । प्रदेशको कृषि मन्त्रालयले रुपन्देही, नवलपरासी पश्चिम, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, प्युठान, अर्घाखाँची र पाल्पामा खोप लगाउन भ्याक्सिनेटरहरु नियुक्त गरेको हो । यी जिल्लामा पहिलो चरणमा ६ लाख ५२ हजार पाँच सय डोज खोप लगाइने मन्त्रालयले जनाएको छ । दोस्रो चरणमा थप साढे ६ लाख डोज खोप आउने छ । यो वर्ष गाई र भैँसीलाई मात्र खोरेतविरुद्धको खोप लगाउने कार्यक्रम छ । 

    images
    images
    images

    विगतमा पनि घरपालुवा जनावरलाई खोरेतको खोप लगाइएको थियो । तर प्रदेश भित्र खुरफट्टा जनावर कति छन्, कति जनावरलाई खोप लगाइएको छ, बाँकी कतिलाई लगाइएको छैन, केही तथ्यांक छैन । यो आर्थिक वर्षबाट मन्त्रालयले अनलाइन इन्ट्री हुने गरी खोप लगाउने व्यवस्था मिलाएको छ । त्यसका लागि प्राविधिकहरुले अनलाइन एप प्रयोग गर्नेछन् । नियुक्त भएका प्राविधिकहरुले अनलाइन इन्ट्री गरेपछि मात्र संख्याको हिसाबमा भुक्तानी पाउने नियम मन्त्रालयले बनाएको कृषि मन्त्रालयका पशुपन्छी विकास महाशाखा अधिकृत हुमकान्त पाण्डेले बताए । अनलाइन एपको व्यवस्थाले अब प्रदेशमा खुरफट्टा जनावरको संख्या र सबै जनावरलाई नदोहोरिने गरी खोप लगाउन सहज हुनेछ । 

    मन्त्रालयले रुपन्देहीका प्राविधिकहरुलाई खोप लगाउन, तथ्यांक संकलन र अनलाइन एप चलाउन एक दिने तालिम सञ्चालन गरेको थियो । यता रुपन्देहीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जिल्लाका १० वटा स्थानीय तहमा खोप लगाउन ७६ जनालाई नियुक्त गरेको छ । स्थानीय तहले गरेको सिफारिसका आधारमा विज्ञ केन्द्रले नियुक्ति दिएको हो । खोरेत रोग

    उन्मुलन अभियान कार्यक्रम अन्तरगत केन्द्रले प्राविधिकहरुलाई अभिमुखिकरण तालिम सञ्चालन गरेको थियो । प्राविधिकहरु आउने आइतबारदेखि खोप लगाउन खटिने विज्ञ केन्द्रका प्रमुख दिपक भुसालले बताए । एक महिनाभित्र सबै स्थानीय तहमा खोप लगाउने अभियान सम्पन्न गर्ने तयारी केन्द्रले गरेको छ । अनलाइन इन्ट्री हुने भएकाले अब कुन जनावरले खोरेतविरुद्धको खोप लगाएको छ वा छैन थाहा पाउन सजिले भएको छ । यसले खोरेत रोग उन्मुलन कार्यक्रम प्रभावकारी हुने पशु चिकित्सकहरुले बताए । 

    रुपन्देहीमा करिब दुई लाख ५० हजार गाईभैँसी छन् तर खोप डेढ लाख मात्र आएको छ । यहीँ वर्ष कञ्चन गाउँपालिकामा खोरेट रोग फैलिएकोले पनि आसपासका सबै स्थानीय तहमा खोप अनिवार्य लगाउनुपर्ने प्राविधिकहरुको सुझाव छ । त्यसका लागि मन्त्रालयले थप खोपको व्यवस्था गर्नुपर्ने देखिएको छ ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij