२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रगतको अभाव हुन नदिन दुधराक्ष क्लबद्वारा रक्तदान, ५५ युनिट रगत संकलन

शुक्रवार , पौष २३, २०७८

सैनामैना, २३ पुस ।
रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । मानवको जीवन रक्षा गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना वडा नम्बर ६ स्थित दुक्षराक्ष युवा क्लबको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम गरिएको हो ।

नेपाल नियमित रक्तदाता संघ केन्द्रीय कार्यालय बुटवलको प्राविधिक सहयोगमा भएको बृहत रक्तदानबाट ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक चिरञ्जीवि (बाबुराम) पोखरेलले जानकारी दिए ।

सैनामैना वडा नम्बर ६ स्थित कालमोचन मन्दिरको प्राङगणमा भएको कार्यक्रम क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता तथा सैनामैना वडा नम्बर ६ का वडा अध्यक्ष बसन्त पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

सोही अवसरमा बोल्दै सैनामैना नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष बसन्त पाण्डेले रक्तदानले अरुको जिवन बचाउने भएकोले ठूलो भुमिका रहने बताए । रक्तदान महादान भएकोले रक्तदानका लागि सबैलाई प्रेरित गर्न सक्नुपर्ने अध्यक्ष पाण्डेको भनाइ छ । जिवनमरणको अवस्थामा पुगेको बिरामीलाई रक्तदान गर्नु महान काम भएको दावी गरे । उनले युवाहरुसंगै सामाजिक क्षेत्रमा समेत उदारणीय काम गर्दै जान क्लबलाई अपिल गर्दै आवश्यक सहयोग वडाबाट भइरहने बताए ।

त्यस्तै कार्यक्रममा क्लबका अध्यक्ष किरण पोख्रेलले कोभिड–१९ को जोखिमका कारण अस्पतालहरुमा रगतको कमी भइरहेको थाहा पाएपछि मानव जीवन बचाउन रक्तदान कार्यक्रमको आयोजना गरेको जानकारी दिए । ‘रगतको अभावले बिरामीको अकालमा ज्यान नजाओस र ज्यान बनाउन सकियोस भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको हो,’ क्लबका अध्यक्ष पोख्रेलले भने, ‘दुधराक्ष क्लबले मानव सेवाका निम्ति काम गर्दै आएको छ, समय–समयमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।’

कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष सुनिल पोख्रेलको स्वागत तथा सह–सचिव सागर पन्तको सञ्चालनमा सम्पन्न भएको हो । सोही अवसरमा दुधराक्ष क्लबको प्रेस सल्लाहकारमा रेडियो सैनामैनाका स्टेशन म्यानेजर सुरेश परियारलाई नियुक्ति गरी पत्र प्रदान गरिएको क्लबका सचिव पदम पाण्डेले जानकारी दिए ।