२०८२, भाद्र १२ गते

Aug 28 2025 | २०८२, भाद्र १२ गते

सैनामैनामा मोटरसाइकल र स्कुटी ठोक्किदा दुईजना घाइते

मंगलवार , पौष २७, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • सैनामैना, २७ पुस ।

    रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परि दुई जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्गअन्तर्गत सैनामैना वडा नम्बर ६ दुधराक्षमा मंगलबार मोरसाइकल र स्कुटी एकआपसमा ठोक्किदा दुवै सवारीका चालक घाइते भएका हुन् ।

    बुटवलदेखि बाँसगढी जाँदै गरेका ग १३ प ४७१६ नम्बरको स्कुटी र लु १७ प ६८६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा स्कुटी चालक सैनामैना वडा नम्बर १० का २९ वर्षिय गोपाल न्यौपाने र मोटरसाइकल चालक सैनामैना–६ का ३२ वर्षिय गणेश गैरे घाइते भएका हुन् । घाइते दुवैको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।