२०८३, जेठ १६ गते

May 30 2026 | २०८३, जेठ १६ गते

सहकारीले जनताको जीवनस्तर माथि उठाउन मद्दत गर्छ : छविलाल विश्वकर्मा

बिहिवार , पौष २९, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २९ पुस ।
    पूर्व कृषिमन्त्री एवं संघीय सांसद छविलाल विश्वकर्माले सहकारीले जनताको जीवनस्तर माथि उठाउन मद्दत पुग्ने बताएका छन् । साना किसान कृषि सहकारी संस्था लिमिटेड ओमसतिया–६, रुपन्देहीको छैठौ वार्षिक साधारणसभामा बोल्दै उनले नागरिक समुदाय आत्मनिर्भर नभएसम्म समाजको प्रगति नहुने बताए । 

    नेकपा एमालेका केन्द्रीय सचिव विश्वकर्माले कमजोर वर्ग, समुदाय र निम्न आय भएकाहरुको लागि सहकारी अत्यन्तै ठूलो सारथी भएको बताए ।

    नेपाल सरकारको नीतिअनुरुप सहकारीले शेयर सदस्यको आर्थिक विकास, बचत गर्ने बानी र सहकार्यको अभ्यासलाई जोड दिनुपर्ने बताउदै विश्वकर्माले विभेद र असमानता हटाउन समेत सहकारीले मुख्य भूमिका निभाउनुपर्ने बताए । 

    समाजवादको अभ्यासको थालनी सहकारीबाट हुने बताउँदै उनले शेयर सदस्यहरुले पनि सहकारीको उचित व्यवस्थापन र सन्चालनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

    संस्थाका अध्यक्ष हिरा केवट (राहुल) को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य कविराम अर्याल, देवदह बहुमुखी क्याम्पसका अध्यक्ष धुर्व प्रसाद खरेल, देवदह साना किसानका अध्यक्ष टीका न्यौपाने, ईन्द्र कुमार यादव, राम बहादुर केवट लगायतले बोलेका थिए । 

    पार्वती चौधरीको स्वागत र जित बहादुर निसादको संचालनमा भएको कार्यक्रममा उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।