२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

एकैदिन थपिए ५ हजार ८७ कोरोना संक्रमित, तीनको मृत्यु

शुक्रवार , पौष ३०, २०७८

काठमाडोैँ। नेपालमा शुक्रबार  थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ४७४ जनाको पीसीआर र ७ हजार ८६ जनाको एन्टीजेन परिक्षण गर्दा ५ हजार ८७ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय १३ पुगेको छ । देशभर १८ हजार २३५ जना कोरोनाका सक्रिय संक्रमित रहेको र शुक्रबार ३०६ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १९१३, ललितपुरमा ३७७ र भक्तपुरमा ३१७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।