२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

के जमाना आयो तीज गीत सार्वजनिक

बुधवार , श्रावण ७, २०७७


भैरहवा, ७ साउन ।
नजिकिदै गरेको हरितालिका तीजको अवसर पारेर तीज गित बजारमा आउने क्रम जारी छ । त्यसै क्रममा एप्पल मिडिया एण्ड एड्भरटाइजिङ्गले नयाँ तीजको गीत बजारमा ल्याएको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच के जमाना आयो नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सर्जक मोतीराज खनालको शब्द तथा संगित रहेको मौलिक तीज गीतको म्युजिक भिडियो संवाद क्लब नेपालको सभाकक्षमा विमोचन भएको हो । 

यो गीतलाई एप्पल मिडियाले बजारमा ल्याएको छ ।

मौलिक लोक लयमा आधारित यस गीतमा गायक मोतिराज खनाल र गायिका कमला पोखरेलको आवाज रहेको छ ।
मदन खड्काको निर्देशनमा तयार भएको के जमाना आयो गीतको भिडियोलाई विरेन्द्र भट्टले छायांकन गरेका हुन् । त्यस्तै, चर्चित कमेडियन कलाकार शेखर खनाल (भुइकटर) र अंशु महर्जन (हात्ती)को दमदार अभिनय रहेको छ । अनिल रानाले कभर डिजाइन गरेका छन् ।

एप्पल मिडियाको आधिकारिक युट्यूब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय परम्परा अनुसार मौलिक गीत ओझेलमा पर्दै गएपछि विगतका झल्को मेटाउनको लागि यस गीत बजारमा ल्याएको गायक मोतिराज खनालले बताए । गायक खनालले यस अघि पनि थुप्रै गीत बजारमा ल्याएका छन् । गत वर्षको सधै तमासा गीतले राम्रो बजार पाउन सफल भएको थियो । यसपटक पनि यस गीतले राम्रो चर्चा पाउने आशा खनालको रहेको छ । 

गीतको विमोचन पूर्व सिडियो बिष्णु बहादुर थापाले गरेका थिए भने कार्यक्रमको सभापतित्व एप्पल मिडियाका अध्यक्ष तथा वरिष्ठ पत्रकार एवं यस म्युजिक भिडियोका निर्माता तथा परिकल्पनाकार श्रीधर खनालले गरेका थिए । शेखर खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।