२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

सैनामैना दलित उत्थान समितिमा नयाँ नेतृत्व

बुधवार , माघ ५, २०७८

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • सैनामैना, ५ माघ ।
    सैनामैना दलित उत्थान समितिमा नयाँ नेतत्व चयन भएको छ । समितिको प्रथम साधारणसभा तथा अधिवेशनले अम्बिका परियारको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । गत पुस २८ गते पदाधिकारीका केही पदमा सहमति नमिल्दा माघ ५ गते अधिवेशन डाकिएको थियो ।

    बुधबार भएको अधिवेशबाट उपाध्यक्षमा जयलाल वि.क, महिला उपाध्यक्षमा अस्मिता सुनार, महासचिवमा केशवराज विश्वकर्मा, सचिबमा समुन्द्र नेपाली र कोषाध्यक्षमा माया रसाइली निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यहरुमा गंगा वि.क, रमा परियार, कृष्ण परियार, सुर्य परियार, कमला सुनार, कुल बहादुर वि.क, लक्ष्मी विश्वकर्मा, चन्दा सुनार, विजय गजमेर, सीता गौतम, मनिषा विश्वकर्मा, रिजन गहतराज, बालकृष्ण परियार, नारायण परियार, रिम बहादुर वि.क.दर्जी, आशा सुनार, राम बहादुर वि.क, देवी वि.क, विर बहादुर विश्वकर्मा, जुना सुनार र लक्ष्मी बस्याल रहेका छन् ।

    कार्यक्रममा संस्थापक अध्यक्ष सुरज बराल, नवनिर्वाचित अध्यक्ष अम्बिका परियार, सल्लाहकार रामनाथ हरिजन, तिलक नेपाली, यम बहादुर प्रतेल, सन्तोष परियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।