images

शुक्रवार, बैशाख २१ गते २०८१

विश्व शान्ति योग दिवस : मुल्य निष्ठ समाज निर्माणमा जोड

विश्व शान्ति योग दिवस : मुल्य निष्ठ समाज निर्माणमा जोड

images
images
images
बिहिवार, माघ ६ २०७८
बिहिवार, माघ ६ २०७८
  • विश्व शान्ति योग दिवस : मुल्य निष्ठ समाज निर्माणमा जोड

    रुपन्देही, ६ माघ ।
    अलौंकिक पिताश्री ब्रह्मा बाबाको ५३ औं स्मृति विविध कार्यक्रम गरी मनाइएको छ । विश्व शान्ति योग दिवसको अवसर पारेर ग्लोबल पिस रिट्रीट सेन्टर बुटवल तामनगरको आयोजनामा योग र ध्यानको महत्वबारे प्रकाश पार्दै सो कार्यक्रम गरिएको हो ।
    ब्रम्हाकुमारी ईश्वरीय विश्व विद्यालयले विगत ८५ वर्षदेखि विश्वका १४८ राष्ट्रमार्फत आध्यात्मिक शिक्षा तथा राजयोग मेडिटेसनद्वारा बिश्वमा शान्ति र मुल्य निष्ठ समाज निर्माणका लागि काम गर्दै आएको छ ।

    images
    images
    images

    सो कार्यक्रममा मुक्तिनाथ धाम बुटवलका प्रमुख संरक्षक श्वामी लोकानन्द महाराजले ग्लोबल पिस सेन्टर अहिले संस्कृति र प्रकृत्तिबीचको सम्बन्ध असल बनेको बताउँदै आपसी भाईचारा अभिृवद्धि गर्दै शान्ति स्थापनामा सहयोग पुर्याएको बताए ।
    कार्यक्रमको प्रमुख अतिथि समेत रहेका महाराजले हरेक मानिस बच्चा बन्न सके जीवनमा सच्चा बन्न सकिने बताउँदै राजयोग र साधनबाटै ब्रह्मचारी बन्न सकिने बताए ।

    यस्तै बह्मकुमारी नेपालका सह–निर्देशिका बह्माकुमारी कमलाले ध्यान र योगबाट नै मनमा शान्तिको स्थापना हुने भएकाले ब्रह्मा बाबाको स्मृतिमा विश्वभर योगको आयोजना गर्दै आएको जानकारी दिइन् । यस विद्यालयले दिने राजयोगको अभ्यासद्वारा विश्वका लाखौं मानिसले आफ्नो जीवनलाइ उच्च नैतिक तथा आध्यात्मिक बनाउँदै लाभ लिइरहेको उनले बताइन् । अहिले मानिस आध्यात्मिक सुख भन्दा पनि भौंतिक सुखमा रमाइरहेको उनले बताउँदै ध्यान र योगबाट नै मानिसलाई आध्यमित्क शान्ति मिल्ने दावी गरिन् ।

    ब्रह्माकुमारीका अन्तर्राष्ट्रिय प्रशिक्षक राजु घलेले प्राकृतिक प्रकोप, गृहयुद्ध र तेस्रो विश्व युद्धबाट नै कलियुगको अन्त्य हुने दावी गरे । उनले कलियुगको अन्त्यको समय नजिक आइरहेको संकेत गर्दै आत्मालाई परिवर्तन गर्दै आध्यात्मिक बन्नको लागि सुझाव दिए । उनले नराम्रो स्वभाव त्याग्न सके आत्मा पवित्र बन्ने दावी गरे ।

    कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले धर्मले मानिसलाई अनुशासनमा राख्ने भएकाले धर्म संविधान जस्तै भएकाले पालना गर्नु पर्ने बताईन । मन शान्ति र उर्जावान बन्नको लागि योगको आवश्यकता रहेको उनले बताउँदै ब्रह्मकुमारी विश्वविद्यालयले यसमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरिने ।

    कामधेनु गौशालाका सञ्चालक योगी शोमराज जी महाराज, शिव पितृ स्मृति धाम तामनागरका सन्त श्री महिशरण, ब्रह्मकुमारी बुटवलका सचिव ब्रह्मकुमार नरेन्द्र , बह्कुमार भरत लगायतले कार्यक्रममा बोलेको डाइनामिक लाइफ कोच बह्माकुमार ऋषिराम न्यौपानेले जानकारी दिए ।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij