images

शुक्रवार, बैशाख २१ गते २०८१

नगर परियोजना परामर्श समितिको बैठक सम्पन्न

नगर परियोजना परामर्श समितिको बैठक सम्पन्न

images
images
images
बिहिवार, माघ ६ २०७८
बिहिवार, माघ ६ २०७८
  • नगर परियोजना परामर्श समितिको बैठक सम्पन्न

    भैरहवा, ६ माघ ।
    माइती नेपाल भैरहवा नगर परियोजना परामर्श समितिको बैठक बिहीबार सिद्धार्थनगर नगरपालिकामा सम्पन्न भएको छ ।
    नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा माइती नेपाल भैरहवा आवधिक गृहका कार्यक्रम संयोजक माया क्षेत्रीले ६ महिनासम्म गरेका कामको जानकारी गराउँदै सो को समिक्षा गरिएको थियो ।

    images
    images
    images

    नेपाल भारत सीमापार मानव बेचविखन तथा ओसारपसार न्यूनीकरणका लागि सीमा निगरानी कार्यक्रमसम्बन्धी परियोजनाअन्र्तरगत नगरपरियोजना परामर्श समिति बैठकमा सो कुरा गरिएको हो ।

    माइती नेपाल आवधिक गृह भैरहवाले मानव बेचविखन तथा ओसारपसार निगरानीका लागि सञ्चालन गरेको सीमा नाका बेलहियामा निगरानी निरन्तर चलिरहेको जनाएको छ । त्यसै गरी वैदेशिक रोजगार सम्बन्धी परामर्श, जनचेतनामुलक कार्यक्रमहरुको पनि समीक्षा गरिएको थियो । मानव बेचबिखनविरुद्ध सम्बद्ध सबै निकायहरुले समन्वयात्मक रुपमा सहकार्य गर्ने पनि बैठकमा निर्णय भएको छ ।

    माइती नेपाल रुपन्देहीले यो एक वर्षमा सीमा नाकाहरुबाट २५१ जनालाई उद्दार गरेको छ । भारतका विभिन्न ठाउँबाट ५ जनालाई उद्दार गरेको छ । सीमाबाट ११ हजार ९ सय १९ जनालाई परामर्श गरिएको छ । जिल्ला प्रशासन कार्यालयबाट ३९५ जनालाई परामर्श गरिएको छ । एक वर्षमा रुपन्देहीमा २०७६ थान पर्चा पम्पलेट वितरण गरिएको छ । खोजतलास सम्बन्धी ४५ जनाको निवेदन परेको थियो भने घरेलु हिंसासम्बन्धी २४ वटा निवेदन परेको माइती नेपाल भैरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन् । मानव बेचविखनसम्बन्धी भने एउटा पनि मुद्दा दर्ता नभएको उनले बताइन् ।

    बैठकमा नगर उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, सूचना अधिकारी देव प्रसाद ज्ञवाली, सामाजिक शाखा प्रमुख यादव सापकोटा, कौशिल्या चौधरी, इन्सेक प्रतिनिधि रिमा बिसी, प्रहरी महिला सेलका मिना आचार्य, जिल्ला समन्वय समितिका अस्मिता पोखरेल, जिल्ला प्रशासन कार्यालयका नासु बालकृष्ण आचार्य, समिता मल्ल लगायतले बोलेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij