२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

राप्रपाले कानुनी र राजनीतिक उपचार खोज्ने

आइतवार , माघ ९, २०७८

काठमाडौं, ९ माघ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारी बैठकले यही माघ २ गते निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दूराष्ट्र र संवैधानिक राजसंस्थाको विषय हटाउन गरेको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।     

पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा आज बसेको बैठकले पार्टीको विधानमा उल्लेखित झन्डाको मध्य भागमा गाई भएको भन्ने वाक्यांश हटाई अनुसूचीमा उल्लेख गर्न आयोगले दिएको पत्र संविधानको भावना र मर्म विपरीत रहेको ठहर गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए । पार्टीले उपयुक्त समयमा आयोगको पत्रको जवाफ दिने जनाइएको छ । 

त्यसैगरी, आयोगले सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्र संविधान प्रतिकूल रहेकाले संविधानको धारा, २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनकूल हुने गरी उल्लेख गर्न पत्र जारी गरेको छ । रासस