२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

भूमि आयोग अध्यक्ष आचार्यलाई कांग्रेसद्वारा स्वागत

सुकुम्बासी समस्या समाधान गर्न आग्रह

सोमवार , माघ १०, २०७८

भैरहवा, १० माघ ।
भूमि व्यवस्था आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेलगत्तै नेपाली कांग्रेस रुपन्देहीले स्वागत एवं बधाई दिदै भूमिहिनको समस्या तत्काल समाधान गर्न आग्रह गरेको छ ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जिल्लामा लामो समयदेखि भूमिहिनले जग्गा तथा लालपूर्जा नपाएकाले आयोगले अब तत्काल काम सुरु गरी समस्या समाधान गर्न आग्रह गरे । जिल्लामा कोही पनि भूमिहिन हुन नहुने भन्दै उनले सबैलाई आफ्नो भूमि भएको आभास हुनुपर्ने बताए । 

सो अवसरमा बोल्दै आयोग अध्यक्ष आचार्यले आफू भुमिहिनको समस्या समाधान गर्न दत्तचित्त भएर लाग्ने बताए । एक/दुई वर्षभित्र रुपन्देहीमा सबै भूमिहिनको जग्गा र लालपूर्जा हुने बताए । 

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फकरुद्दीन खान, कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङ, सचिव लेखनाथ भट्टराई, क्षेत्र नम्बर ३ (१) का सभापति सुरेन्द्र जंग थापा लगायतको उपस्थिति रहेको थियो ।