
सोमवार , माघ १०, २०७८
भैरहवा, १० माघ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) ले वैशाख महिनाभित्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग गरेका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै उक्त माग गरेका छन् ।
उनले भनेका छन्, ‘संघीय सरकार र त्यसको नेतृत्व गर्ने दलहरूलाई अलिकति नैतिकता छ भने वैशाखभित्रै स्थानीय सरकारको चुनाव गर्नुपर्छ ।’ जनमतको कदर गरी संविधानलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
गत स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट राहुल ओमसतिया गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij