images

शुक्रवार, बैशाख १४ गते २०८१

विमानस्थल प्रयोग गर्दा मुलुक र मित्रराष्ट्रलाई असर पर्‍यो भने ठूलो मूल्य चुकाउनुपर्छ : गृहमन्त्री खाँण

विमानस्थल प्रयोग गर्दा मुलुक र मित्रराष्ट्रलाई असर पर्‍यो भने ठूलो मूल्य चुकाउनुपर्छ : गृहमन्त्री खाँण

images
images
images
मंगलवार, माघ ११ २०७८
मंगलवार, माघ ११ २०७८
  • विमानस्थल प्रयोग गर्दा मुलुक र मित्रराष्ट्रलाई असर पर्‍यो भने ठूलो मूल्य चुकाउनुपर्छ : गृहमन्त्री खाँण

    काठमाण्डौं, ११ माघ ।
    गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुव्यवस्थित बनाउन सके मुलुकको प्रतिष्ठा बढ्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न निकायको समन्वयात्मक परिचालन र व्यवस्थापनबारे सरोकारवाला निकायबीच मंगलबार भएको छलफलमा उनले नेपालको विमानस्थल प्रयोग गर्दा कुनै पनि मुलुक र मित्रराष्ट्रलाई असर पर्ने काम भए त्यसबाट ठूलो मूल्य चुकाउनुपर्ने बताए । 

    images

    उक्त बैठक गृहमन्त्री खाँणकै अध्यक्षतामा बसेको थियो । नेपाललाई सुरक्षित मुलुकका रूपमा परिचित बनाउन विमानस्थललाई व्यवस्थित बनाउनुपर्नेमा उनको जोड थियो । विमानस्थललाई प्रविधियुक्त बनाउन सरकार लागिपरेको उनले जानकारी दिए । 

    बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ, परराष्ट्रसचिव भरतराज पौड्याल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र गृहसचिव टेकनारायण पाण्डे सहभागी थिए ।

    खाडी मुलुकमा भोग्नुपरेका समस्या समाधानबारे कार्ययोजना पेस गर्न समिति गठन

    बैठकले नेपालीहरुले भिजिट भिसा प्रयोग गरी दुबई लगायत खाडी मुलुकमा गई भोग्नुपरेका विभिन्न कठिनाइ र त्यसबारे देखिएका समस्या समाधानका लागि ठोस कार्ययोजना पेश गर्न गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । 

    समितिका सदस्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सह–सचिव हरिषचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल र अध्यागमन विभागका निर्देशक (उपसचिव) प्रकाशचन्द्र अधिकारी रहेका छन् । समितिको सदस्य सचिवमा वैदेशिक रोजगार बोर्डका उपसचिव दीनबन्धु सुवेदी रहेका छन् । 

    बैठकमा विदेशमा जाने नेपालीका श्रमजन्य गतिविधि र श्रमका लागि भिजिट भिसाको प्रयोग, अध्यागमन प्रणाली र विदेशमा कार्यरत नेपालीका समस्या र त्यसको समाधानबारे छलफल भएको गृह मन्त्रालयका सह-सचिव मुकुन्दप्रसाद निरौलाले जानकारी दिए ।

    बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्रान्जिट क्षेत्रमा उपयुक्त संरचनात्मक सुधार तथा व्यवस्थापन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गर्ने निर्णय गरेको छ । 

    त्यस्तै पर्यटन मन्त्रालयले नै अन्तर्राष्ट्रिय उडानको आगमन तथा प्रस्थानलाई व्यवस्थित बनाउन उपयुक्त समय अन्तरालसहितको उडान तालिका व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्गो र लगेजको एक्स–रेसहित स्क्यानिङ र आवश्यक नियमनका लागि भन्सार विभाग समेतको समन्वयनमा नेपाल प्रहरीले आवश्यक प्रबन्ध गर्ने निर्णय पनि भएको जनाइएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij