२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

पार्टीको एकता बलियो बनाउन एमाले अनुशासन आयोगको आग्रह

मंगलवार , माघ ११, २०७८

काठमाडौं, ११ माघ ।
नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्ले पार्टीका विपक्षीहरुले फैलाएको भ्रम चिर्न पार्टीलाई राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बनाउन आग्रह गरेको छ । परिषद्का अध्यक्ष अमृतकुमार बोहराले मंगलबार विज्ञप्ति जारी गरी पार्टीको आन्तरिक एकतालाई सुदृढ पार्न बढी केन्द्रित बन्नुपर्नेमा जोड दिएका हुन् ।

एमालेको १० औँ राष्ट्रिय महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सो परिषद् गठन गरेको थियो । अध्यक्ष बोहराले एमालेले पार्टीलाई एकताबद्ध, गतिशील र सुदृढ बनाई सबैखाले अवसरवाद र अराजक प्रवृत्तिबाट मुक्त गर्दै खँदिलो एकताका साथ वैज्ञानिक समाजवादको आधार निर्माण गर्ने बाटोमा दृढतापूर्वक लाग्न आग्रह गरेका छन् ।