बिहिवार , माघ १३, २०७८
भैरहवा, १३ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले संघीय राजधानी काठमाडौंमा यातायातमा सरकारले लागू गरेको जोरबिजोर प्रणालीको विरोध जनाएका छन् ।
सामाजिक संजाल फेसबुकमा केन्द्रीय सदस्य सिवाकोटीले लेखेका छन् ‘कोरोना संक्रमण घटाउने नाममा सवारीसाधनको सामाजिक दुरी बढाउने तर मानिसको सामाजिक दुरी घटाउने सवारीसाधनको जोरबिजोर प्रणाली जस्तो अविवेकी निर्णय फिर्ता गरियोस् ।’
उनले सवारीसाधनको कमीले सार्वजनिक यातायतमा आम नागरिकले व्यहोरेको कष्ट र कायम गर्न नसकिएको सामाजिक दुरीको बारेमा प्रशासन आँखा चिम्लेर बस्न नमिल्ने भन्दै उक्त निर्णय सच्याउन माग गरेका छन् । उनको स्टाटसमा धेरैले सहमति जनाउँदै सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन माग गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
