२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मूल्यवृद्धिको विरोध गर्दै राष्ट्रिय युवा संघले बुटवलमा निकाल्यो राँके जुलुस

शुक्रवार , माघ १४, २०७८

बुटवल, १४ माघ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीले बुटवलमा विरोध कार्यक्रम गरेको छ । शुक्रबार साँझ भएको कार्यक्रममा सहभागि युवाहरुले मापसे सरकार मुर्दावाद, रेणुकुमारी यादवलाई बर्खास्त गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर, स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर, लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर जस्ता नारा लगाएका थिए ।

समयमै स्थानीय तहको निर्वाचन गर्न माग गर्दै राँके जुलुससहित युवाहरु सडकमा उत्रिएको संघका रुपन्देही जिल्ला सदस्य केशव पाण्डेले जानकारी दिए । 

नयाँ बसपार्कदेखि सुरु भएको जुलुस मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियोे  । माग पूरा नभए सशक्त आन्दोलन चर्काउने युवा संघले चेतावनी दिएको छ ।

271841245_339582291367872_4928859189487900306_n.jpg
undefined