आइतवार , माघ १६, २०७८
सैनामैना, १६ माघ । सैनामैना जेसीजको छैठौँ पदस्थापना एक कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ । केही महिना पहिला भएको अधिवेशनले सैनामैना जेसीजको वर्ष २०२२ का लागि रामचन्द्र ढकालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । सोही नयाँ नेतृत्वलाई वर्ष २०२१ ले पद हस्तान्तरण गरेको हो ।
वर्ष २०२२ को इ.भि.पी.मा सुरज भट्टराइ, यदुनन्द भण्डारी, भि.पी.मा विष्णु शर्मा, रामदेव चौधरी, अभिनय घिमिरे, गोपाल भण्डारी, महासचिवमा कृष्ण भण्डारी, सचिवमा नकुल बिष्ट, कानूनी सल्लाहकारमा भेषराज भण्डारी, कोषाध्यक्षमा शिशिर ज्ञवाली र सह–कोषाध्यक्षमा अभिषेक चौधरी रहेका छन् ।
सैनामैना जेसीजका निवर्तमान अध्यक्ष सीता क्षेत्रीको अध्यक्षता, जेसीजका कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाहीको प्रमुख आतिथ्यता तथा नेपाली कांग्रेस रुपन्देहीका पूर्व जिल्ला उपसभापति फणेन्द्र प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij