२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

रन्यौरा प्रहरीद्वारा ठूलो परिमाणमा अवैध चिनी र युरिया बरामद

बुधवार , माघ १९, २०७८

सैनामैना, १९ माघ ।
ईलाका प्रहरी कार्यालय रन्यौराले ठुलो परिमाणमा अवैध चिनी र युरिया (मल)बरामद गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक जिवन लामिछानेको कमाण्टमा खटिएको टोलीले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ स्थित खड्वा भन्ने स्थानबाट सो सामान बरामद गरेको हो ।

मंगलबार (हिजो) लु १त ३३६५ नम्बर ट्याक्टरको ट्रलीमा लुकाएर राखिएको अवस्थामा ३५ बोरा (१७.५ क्वीवन्टल) चिनी, ८ बोरा युरिया बरामद गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए । प्रहरीका अनुसार चिनीको बजार मूल्य जम्मा रु.१ लाख ५७ हजार र युरियाको रु. १० हजार बढी पर्न जाने अनुमान गरेको छ ।

बरामद भएको ट्याक्टरसहित चिनी र युरिया आवश्यक कारवाहीका लागी भैरहवा भन्सार कार्यालय पठाइएको छ । अवैध रुपमा हुने क्रियाकलापलाई नियन्त्रण गर्न विशेष रणनीति बनाएर रन्यौरा प्रहरी तैनाथ भएको पाइएको छ ।