बुधवार , माघ १९, २०७८
माघ १९ सैनामैना। सैनामैना ब्यापार संघमा नयाँ नेतृत्व आएको छ । संघका छैठौँ साधारण सभा तथा विशेष अधिबेशनले गणेश भुषालको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गराएको हो ।
नवसमितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र पौडेल,प्रथम उपाध्यक्षमा देविदत्त सुवेदी,द्धितिय उपाध्यक्षमा दिपेन्द्र ढकाल,महासचिब हरि प्रसाद न्यौपाने,उपमहासचिबमा भिमलाल सुवेदी,सचिबमा गोविनद पोख्रेल,सह–सचिबमा प्रेम थापा,कोषाध्यक्षमा सञ्जय श्रेष्ठ,सह–कोषाध्यक्षमा पार्वती भट्टाराई र बाँकी सदस्यमा रहेका छन भने संघका लेखा समिति संयोजकमा माधव खनाल,सदस्यहरुमा तारेश्वर ढकाल र शिवलाल भुषाल रहेका छन् ।
सैनामैनाकोृ बाबरी पार्टि प्यालसको हलमा भएको कार्यक्रम सैनामैना ब्यापार संघका अध्यक्ष जिवनाथ पाण्डेको अध्यक्षता,सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता,सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारी,वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी,सैनामैना ब्यापार संघका पुर्व अध्यक्ष दुर्गा गौतम,नेकपा एकिकृत समावादी पार्टिका जिल्ला कमिटि सदस्य नरेन्द्र पोख्रेल,नेपाली कांग्रेसका सैनामैना नगर सभापति रण बहादुर खनाल,नेकपा एमाले सैनामैना नगरसचिब बुद्धिराम चौधरी,राष्ट्रिय उधोग ब्यापार संगठन सैनामैनाका अध्यक्ष राजेन्द्र घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संघका अध्यक्ष जिवनाथ पाण्डेले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष निरज खनालले आर्थिक प्रतिवदेन पेश गरेका थिए । कार्यक्रमको सञ्चालन भने संघका महासचिब देवराज पौडेलले गरेका हुन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij