images

शुक्रवार, बैशाख ७ गते २०८१

‘आमाको प्रेरणाबाट गीत गाउन सुरु गरे’ 

‘आमाको प्रेरणाबाट गीत गाउन सुरु गरे’ 

images
images
images
बिहिवार, माघ २० २०७८
बिहिवार, माघ २० २०७८
  • ‘आमाको प्रेरणाबाट गीत गाउन सुरु गरे’ 

    भैरहवा, २० माघ ।
    रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ३ मुर्गियाका लोक दोहोरी गायक राम प्रसाद पौड्यालले फेरी नयाँ गिती एल्बम बजारमा ल्याएका छन् । “बालुमई” नामक सो गिती एल्बममा शब्द संयोजन प्रल्हाद सुवेदी र संगित बसन्त थापाले गरेका हुन् । विभिन्न तीन दर्जन गिती एल्बममा गीत गाएका लोक गायक पौडेलले लोक दोहोरीको विधामा दुई अवार्ड समेत पाएका छन् ।

    images
    images
    images

    “मेरी आमा” नामक गीतबाट वि.सं. २०७४ मा र “बालआश्रम” नामक गीतबाट जुरी अर्वाड पाएका उनले वि.सं. २०५९ सालदेखि गायन क्षेत्रमा अग्रसर भएको बताए । ‘मेरी आमाले पहाडमा दाउरा घाँस बोक्दा गीत गाउँदै काम गर्नुहुन्थ्यो, मैले पनि आमाकै प्रेरणाबाट गीत गाउन सुरु गरे’ उनले भने । 

    गायक पौडेलले पारिजात बसाउँछ, आमाको माया–२, चट्टै माया मार्यौ, हो की होइन माया लाउने लगायत तीन दर्जन गीत गाएका छन् । 

    272655268_920413615327891_1143353332567906710_n.jpg

    गायक पौडेलले विभिन्न मेला, महोत्वसमा पनि गीत गाएर सम्झौताअनुसार आम्दानी गरेको बताउँछन् । ‘गीत संगितमा लागेर उल्लेख्य आम्दानी भएको छैन, ’उनले भने । 

    रेडियो नेपालबाट भ्वाइस पास गरेर गायन क्षेत्रमा लागेको बताउने उनले आर्थिक अभावका कारण काठमाडौंको दोहोरी साँझमा समेत गित गाएको स्मरण गर्छन् । ‘आर्थिक अभावका कारण मैले ठूलाठूला समस्या झेलेको छु, ’गायक पौड्यालले भने ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij