२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

बुटवल दुर्घटना अपडेट : मृतक र घाईते सबैको पहिचान 

सोमवार , माघ २४, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • बुटवल। सोमबार बिहान बुटवलमा सवारी दुर्घटनाका मृतक तथा घाईते सबैको पहिचान खुलेको छ।

    बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको थियो भने २ जना घाईते भएका थिए। 

    दुर्घटनामा परी मृत्यु हुनेमा बुटवल १३ का अन्दाजी २७/२८ वर्षिय सविन चौधरी, सोही स्थानका गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

    सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार अहिले सम्म पनि फरार रहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।