२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रुपन्देहीमा १ लाख २३ हजार बालबालिकालाई कोरोना खोप 

सोमवार , फाल्गुण २, २०७८

भैरहवा, २ फागुन।  रुपन्देहीमा १ लाख २३ हजार बालबालिकाले कोरोना बिरुद्धको खोप लगाएका छन्। सरकारले १२ देखी १७ बर्ष उमेर समुहका बालबालिकालाई कोराना बिरुद्धको खोप लगाएको हो। 

एक लाख २२ हजार ६ सय २२ खोप लगाउने लक्ष्य लिएकोमा रुपन्देहीमा लक्ष्य भन्दा बढी खोप लगाईएको जिल्ला स्वास्थ्य कार्यलयका खोप अधिकृत भेषराज र्शामाले जानकारी दिए। बालबालिकालाई माघ १७, १८ र १९ गते खोप लगाएको हो। तीन दिन सम्म खोप लगाउन छुटेका बालबालिकालाई २० गते लगाईएको शर्माले जानकारी दिए। 

बालबालिकालाई मोडर्ना खोप लगाईएको हो। कार्यालयले पालिकाले स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्थागरेको थियो ।  यस अन्तर्गत २ सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो।