२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सैनामैनामा ‘एक शिक्षक एक ल्यापटप’ वितरण, शिक्षकहरु हर्षित

सोमवार , फाल्गुण २, २०७८

फाल्गुन २ गते । रुपन्देहीको सैनामैनामा सामुदायिक विद्यालयका शिक्षकहरुलाई ल्यापटप वितरण गरिएको छ । लागत साझेदारीमा सैनामैनाका १७ विद्यालयका १६० जना शिक्षकहरुलाई एक एक थान ल्याप्टप वितरण भएको सैनामैना शिक्षा शाखाका प्रमुख हेमराज अर्यालले जानकारी दिए ।

शैक्षिक पठनपाठन अव प्रविधिमैत्री हुनुपर्नेमा जोड दिदैँ सामुदायिक विद्यालयका शिक्षकहरुको २५ प्रतिशत तथा सैनामैना नगरपालिकाको ७५ प्रतिशत साझेदारी लागतमा ल्यापटप खरिद गरिएको हो ।

सैनामैनाका पर्रोहा मावि, रामापुर मावि, पशुपति मावी, सैनामैना मावि, दुर्गा भवानी मावि, पश्चिम पर्रोहा मावि, सरस्वती मावी, मलमला मावि, कोटीयादेवि मावि, जनकल्याण माविलाई वितरण गरिएको छ ।

त्यस्तै,जनज्योति आधारभुत विधालय,महेरवा आधारभुत विद्यालय,जनचेतना मावि,राष्ट्रिय मावि,कालिका मावि गरि १७ वटा विद्यालाई वितरण गरिएको हो । करिब एक करोड २० लाख ९५ हजार ५ सय २० रुपियाँमा १६० थान ल्यापटप खरिद गरिएको थियो ।

वितरण कार्यक्रममा बोल्दै सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्की शिक्षा क्षेत्रको श्रीबृद्धिका लागी नगरपालिका लागि परेको बताए । चालु आर्थिक वर्षमा पनि कुल बजेटको एक तृतियाशं बजेट शिक्षामा लगानी गरेको बताउदै अवको शिक्षा प्रविधिमैत्री हुनुपर्नेमाा जोेड मेयर कार्कीको छ ।

मेयर कार्कीले एक शिक्षक एक ल्यापटप,एक कक्षा कोठा एक प्रोजेक्टर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गरिन सकिने ठोकुवा गरे । शिक्षा मात्र नभई भौतिक पुर्वाधारमा समेत नगरपालिकाले उल्लेखीय प्रगति गरेको मेयर कार्कीको भनाई छ  ।

कार्यक्रममा सैनामैना नगरपालिका उपमेयर विना मगर,नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीको आतिथ्यता रहेको थियो । शिक्षकहरुले ल्यापटप पाए संगै हौसिएका थिए  ।