२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

कांग्रेस र माओवादीमा पहिरो : सैनामैनामा एउटै वडाबाट ४१ जना एमालेमा प्रवेश

मंगलवार , फाल्गुण ३, २०७८

  • 13.4K
    Shares
  • 13.4K
    Shares
  • सैनामैना, ३ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै विभिन्न दलहरु पार्टी प्रवेशको कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि पार्टी प्रवेशको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

    नेकपा एमाले सैनामैना नगर कमिटीले वडा तहसम्म पार्टी प्रवेशमा जोड दिइएको पाइएको छ । आज नेकपा एमाले सैनामैना वडा नम्बर ६ वडा कमिटी शाखाको आयोजनामा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४१ जना एमालेमा प्रवेश भएको एमाले जिल्ला कमिटी सदस्य नजरकुमारी श्रेष्ठले जानकारी दिइन् ।

    एमाले केन्द्रीय कमिटी सल्लाहकार सदस्य मनिराम वन, नेपाली कांग्रेस क्रियाशिल सदस्य गोविन्द कंडेलसहित २० जना नेकपा (माओवादी केन्द्र) का शान्ता भट्टराईसहित १५ जना र अरु पार्टी गरी ४१ जना एमालेमा प्रवेश भएका हुन् ।

    uml.jpg

    एमाले सैनामैना वडा नम्बर ६ वडा कमिटी अध्यक्ष प्रकाश आचार्यको अध्यक्षता, एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इञ्चार्ज भुमिश्वर ढकालको प्रमुख आतिथ्यता, जिल्ला कमिटी उपसचिव चित्र बहादुर कार्कीको विशिष्ट आतिथ्यता,सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपाने, एमाले नेता नर बहादुर घर्तीमगर लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एमाले नगर कमिटी सदस्य तथा वडा इञ्चार्ज राम प्रसाद घिमिरेको स्वागत तथा सचिव आशिष पोख्रेलको सञ्चालनमा रहेको थियो ।