२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

विनियोजन भएको बजेट खर्च गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

मंगलवार , कार्तिक ४, २०७७

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, ४ कार्तिक ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कार्ययोजना अनुसार काम गरी विनियोजन भएको बजेट खर्च गर्न निर्देशन दिएका छन् । बजेट कार्यान्वयनका लागि तीन महिनामा भएका कामबारे मन्त्री र सचिवहरुसंग मंगलबार भएको भर्चुअल बैठकमा कोभिड–१९ को कारण देखाएर विनियोजन भएको बजेट खर्चमा ढिलासुस्ती नगर्न उनले निर्देशन दिए ।

    ‘असहज अवस्थालाई सहज बनाउँदै काम गर्ने हो, समस्या पहिचान गरी समाधान गर्दै कार्ययोजना अनुसार काम हुनुपर्छ–उनले भने ।

    कार्ययोजना अनुसार काम गर्ने र बजेट खर्च गर्ने प्रणालीको विकास गर्न सक्दा आगामी दिनहरुमा सरकारका काम अझै प्रभावकारी हुने उनले बताए । मुख्यमन्त्री पोखरेलले गत आ.ब.मा लुम्बिनी प्रदेशले ८० प्रतिशत पूँजीगत खर्च गरेको र अहिले त्योे भन्दा धेरै राम्रो गर्नुपर्ने बताए ।

    उनले उद्योग, वन तथा वातावरण मन्त्रालयलाई बहुमूल्य नर्सरीको स्थापना गरी निःशुल्क विरुवा वितरण गर्ने गरी अघि बढ्न निर्देशन दिए । विगतमा वृक्षारोपण अभियान अघि बढेको तर त्यसको प्रभावकारिता सिंगो प्रदेशमा प्रभावकारी नभएकोले त्यसको कारण खोज्न र वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । 

    कोरोना संक्रमणले कतिपय मन्त्री र सचिव आइसोलेसनमा रहेकोले मन्त्री र सचिवहरुसंग भर्चुअल बैठक भएको हो ।