२०८३, जेठ १५ गते

May 29 2026 | २०८३, जेठ १५ गते

रामजी ज्ञवालीको सर्टफिल्म हनिमुन सार्वजनिक

शुक्रवार , फाल्गुण ६, २०७८

  • 6.1K
    Shares
  • 6.1K
    Shares
  • भैरहवा, ६ फागुन । रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्टफिल्म हनिमुन सार्वजनिक गरिएको छ । यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीको अभिनय देख्न सकिन्छ । बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले झगडाको रुप लिन्छ, जो निकै सामान्य विषयवस्तु हो ।

    केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको विगतलाई एसेप्ट गर्न सक्नुपर्छ अन्यथा उनीहरुको विगतमा भएका स–साना कामलाई कोट्याउँदा त्यसले दाम्पत्य जिवन कसरी तनावपूर्ण तरिकाले अघि बढ्छ भन्ने चलचित्रमा देखाउन खोजिएको छ ।

    संचारकर्मी समेत रहेका निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् । उनले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् ।

    सार्वजनिक फिल्म हनिमुनमा विजय अर्यालको आवाज, बिशाल निरौलाको म्यूजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग, राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको हो । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।यो चलचित्र राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।