
शुक्रवार , फाल्गुण ६, २०७८
फागुन ६ गते । रुपन्देहीको सैनामैना वडा न.६ बस्ने पुष्पा दाहालले आफना दुई छोरा छोरीलाई स्कुल बसमा चढाएर विद्यालय पठाएको २४ घण्टा बित्यो तर अहिले सम्म दुई बालबालिका घर आएका छैनन् ।
फाल्गुन ५ गते (बिहिबार)विहान ८ : ४० बजेको स्कुल समयमा सैनामैना ४, मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनका लागी पठाएका आफना दुई छोरा छोरी अहिले सम्म घर नआउँदा पुष्पा दाहाल भौतारिरहेकी छिन् । पुष्पाले आफनो १२ वर्षिय प्रसिद्ध दाहाल छोरा र ९ वर्षिय प्रशन्न दाहाल छोरी बिहिबार देखि घर नआएको बताएकी हुन् ।
साँझ सम्म पनि दुई बालबालिका घर नआएपछि परिवारले तत्काल खोजकार्य पाउँ भन्दै इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएका थिए । पुष्पा दाहालले आफ्नो दुई छोरा छोरीलाई आफ्नो आफन्तीले अपहरण गरेको आरोप लगाएकी छन् । सैनामैना वडा न.५ घमाहा खोला बस्ने खिम बहादुर पौडेलले ललाईफकाई गरि अपहरण गरेको आरोप लगाएकी हुन् ।
उनी भन्छिन, “मैले विहान दुईछोरा छोरीलाई ८ : ४० बजे स्कुल बसमा चढाएर विधालय पठाए तर साँझ घर नआएपछि बल्ल खोजिकार्य गरे , पछि थाहा भयोकि मेरो आफनै आफन्तीले अपहरण गरेको रहिछ।” पारिवारिक रिसिबीका कारण उसले अपरहण गरेको उनले बताइन् ।
यता, प्रभात आवसीय बोडिङ स्कुलका प्रधानाध्यापक अनन्तराम शर्माले दुई विधार्थी स्कुल नआएको बताएका छन् । अनन्तराम शर्मा भन्छन, परिवारले स्कुलबाट घर नआएको खबर मैले थाहा पाएपछि स्टाफ,बस चालक र सहचालकलाई सोधे, सोधेपछि दुई विधार्थीको आफन्तीले फोटो खिचाउँन लैजान्छु भनेर दुई बालिबालिकालाई मुर्गिया झारेको भन्ने कुरा बताए ।
उता, इलाका प्रहरी कार्यालय रन्यौराले खोजीकार्यलाई तिव्रता दिएको छ । रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेले परिवारले दिएको निवदेनका आधारमा खोजिकार्यलाई अघि बढाएको बताउदै बास्तविकता पछि थाहा पाइने बताए । अहिले नै अपरहण गरेको भन्ने अवस्था नरहको बताउदै अनुसन्धान पछि खुल्ने निरिक्षक लामिछानेको भनाई छ । यि यस्ता घटनाले अभिभावकले आफना छोरीछोरालाई ढुक्क संग स्कुल पठाउने वातावरण नभएको कुरामा दुईमत छैन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij