२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

रुपन्देही प्रहरीको सफलता : अपहरणमा परेका दुई बालबालिका झापाबाट उद्धार,अभियुक्त नियन्त्रणमा

शुक्रवार , फाल्गुण ६, २०७८

  • 14.1K
    Shares
  • 14.1K
    Shares
  • सैनामैना ६ फाल्गुन। नेपाल प्रहरीले अपहरणमा परेका दुई विधार्थीहरुलाई झापाबाट सकुशल उद्धार गरेको छ । फाल्गुन ५ गते विहान ९ बजे देखि सम्पर्क विहिन भएका सैनामैना वडा न.६ बस्ने पुष्पा दाहालका एक छोरी एक छोरा आज दिउँसो २ बजे झापाको विर्तामोडबाट उद्धार गरेको छन । घटनामा संलग्न अभियुक्त खिम बहादुर पौडेलाई पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी उपरिक्षक मनोज के.सीले जानकारी दिए ।

    प्रहरी उपरिक्षक के.सीका अनुसार १२ वर्षिय प्रसिद्ध दाहाल र ९ वर्षिय प्रशन्न दाहाल प्रहरीको संरक्षणमा रहेको र अभियुक्त खिम बहादुर पौडेल पनि प्रहरीको नियन्त्रणमा रहेको उल्लेख गरे ।

    परिवारले दिएको निवेदनका आधारमा नेपाल प्रहरी युनिटनै यो घटनामा संवेदनशिल भएर लागेको बताउदै उपरिक्षक के.सीले वास्तविकता अनुसन्धान पछि थप खुल्ने र सोबारे सार्वजनिक गरिने समेत बताए । ति दुई बालबालिका र अभियुक्तलाई प्रहरीको नियन्त्रणमा रुपन्देही ल्याउने काम भएको उल्लेख गरे ।

    फाल्गुन ५ गते (बिहिबार)विहान ८ ः४० बजेको स्कुल समयमा सैनामैना ४,मुर्गियामा रहेको प्रभात आवसीय बोर्डिङ स्कुलमा अध्ययनका लागी पठाएका पुष्पा दाहालले साँझ सम्म पनि दुई बालबालिका घर नआएपछि तत्काल खोजकार्य पाउँ भन्दै इलाका प्रहरी कार्यालय रन्यौरामा निवेदन दिएका थिइन ।

    पुष्पा दाहालले आफनो दुई छोरा छोरीलाई आफनो आफन्तीले अपहरण गरेको आरोप लगाउन्दै आएकी छन् । सैनामैना वडा न.५ घमाहा खोला बस्ने खिम बहादुर पौडेलले ललाईफकाई गरि अपहरण गरेको आरोप लगाइकी हुन् । पारिवारिक रिसिबीका कारण उसले अपरहण गरेको परिवार स्रोतले जनाएको हो ।

    उता,प्रभात आवसीय बोडिङ स्कुलका प्रधानाध्यापक अनन्तराम शर्माले दुई विधार्थी स्कुल नआएको बताएका थिए । अनन्तराम शर्मा भन्छन,परिवारले स्कुलबाट घर नआएको खवर मैले थाहा पाएपछि स्टाफ,बस चालक र सहचालकलाई सोधे,सोधेपछि दुई विधार्थीको आफन्तीले फोटो खिचाउँन लैजान्छु भनेर दुई बालिबालिकालाई मुर्गिया झारेको भन्ने कुरा बताए । यि यस्ता घटनाले अभिभावकले आफना छोरीछोरालाई ढुक्क संग स्कुल पठाउने वातावरण नभएको कुरामा दुईमत छैन् ।