
शनिवार , फाल्गुण ७, २०७८
सैनामैना ७ फाल्गुन । सैनामैना उद्योग वाणिज्य संघले सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीलाई भब्य स्वागत तथा सम्मान गरेको छ । नगरपालिकामा प्रमुख प्रशासकीयको रुपमा सरुवा भई आएका नवआगन्तुक भिम बहादुर तिवारीलाई स्वागत गरेको संघका कार्यसमिति सदस्य शान्ति बरालले जानकारी दिइन् ।
स्वागत तथा सम्मान कार्यक्रम संघका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता,सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीको प्रमुख आतिथ्यता तथा संघका निवर्तमान अध्यक्ष राज बहादुर क्षेत्रीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
सोही अवसरमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले आफुलाई सम्मान गरेकोमा संघप्रति आभार प्रकट गर्दै हातेमालो गर्न सधै तत्पर रहेको कुरा उल्लेख गरे । संघले उठाएका ब्यवसायीक समस्या समाधान गर्न नगरपालिका र प्रशासनिक क्षेत्रबाट आवश्यक सहयोग रहने आश्वासन दिदैँ विकास निर्माणमा जुट्न आब्हान समेत गरे ।
यस्तै,कार्यक्रममा संघका अध्यक्ष प्रेम बहादुर खड्काले नगरपालिका संग सधै सहकार्य गर्न तयार रहेको बताए । ब्यवसायिक हितमा सधै लागी परेको बताउदै अध्यक्ष खड्काले विशेष योजनाक साथ अघि बढ्ने उल्लेख ।
कार्यक्रममा संघका सल्लाहकार नारायण महत,एकदेव पौडेल,लक्ष्मी प्रसाद शर्मा,उधोग उपाध्यक्ष कृष्ण पोख्रेल लगायतले बोलेका थिए ।कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिपक अधिकारीको स्वागत तथा महासचिब लोकनाथ अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
सैनामैना नगरपालिकाद्धारा संघलाई जग्गा सहयोग
सैनामैना नगरपालिकाले सैनामैना उधोग वाणिज्य संघलाई जग्गा उपलब्ध गराएको छ । संघको प्रशासनिक भवनका लागी नगरपालिकाले सैनामैना वडा न.३ खकनपुरमा रहेको डेढ कट्टा सार्वजनिक जग्गा प्रदान गरिएको हो ।
केही दिनमा भवनको शिलान्यस हुने संघले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij