२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

पोखरा फाइनान्स मणिग्राममा

बुधवार , कार्तिक ५, २०७७

  • 3.9K
    Shares
  • 3.9K
    Shares
  • भैरहवा, ५ कार्तिक ।

    पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा बुधबारदेखि २२ औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

    राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तारको निमित्त विभिन्न जिल्लाहरुमा शाखा खोलिने उद्देश्यअनुरुप मणिग्राम शाखा खोलिएको फाइनान्सका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले बताए । शाखामार्फत् संस्थाले निक्षेप संकलन, कर्जा लगानी, मोवाइल बैंकि¨, सिआस्वा, आइपिएस, चेक क्लिअरि¨, रेमिटेन्स लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रवाह गरिने गुरुङले जानकारी दिए । 

    चुक्ता पुंजी रु. ९१.७२ करोड रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ८ अर्व ३७ करोड तथाकर्जा लगानी रु. ७ अर्ब २ करोड एवं जगेडा कोषमा रु. ३१.५१९ करोड रहेको छ ।