२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

प्रजातन्त्र दिवसमा सैनामैनामा रक्तदान, ४१ युनिट रगत संकलन

शनिवार , फाल्गुण ७, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • सैनामैना, ८ फागुन ।
    ७२ औं प्रजातन्त्र दिवसको अवसरमा सैनामैनामा वृहत रक्तादान गरी यो दिवस मनाइएको छ । नेपाल नियमित रक्तादाता संघ सैनामैना नगर समिति र ईलाका प्रहरी कार्यालय रन्यौराको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम गरिएको संघका सह–कोषाध्यक्ष राजन भट्टराईले जानकारी दिए ।

    नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको कार्यक्रममा कार्यक्रम संयोजक केसबराज कंडेलको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महामन्त्री कृष्ण पंगेनीको प्रमुख आतिथ्यता तथा ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी नायब निरीक्षक नमराज पोख्रेल, नेपाल नियमित रक्तदाता संघका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीको विशिष्ट आतिथ्यता, संघका अध्यक्ष शंकर ज्ञवाली, सचिव पवन पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।

    सैनामैनाको मुर्गियामा रहेको पर्रोहा स्वास्थ चौकीमा भएको कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । रगतको अभाव हुन नदिन विभिन्न संस्थाहरुले रगत संकलन कार्यलाई निरन्तरता दिएका छन् ।