
आइतवार , फाल्गुण १५, २०७८
सैनामैना, १५ फागुन ।
सैनामैना नगरपालिकाकी मनकारी सुस्मिता गौतम पोख्रेलले सैनामैनाका–१० अतिविपन्न घरपरिवारलाई खाद्यन्न तथा न्यानो कपडा सहयोग गरेकी छन् । सामाजिक काम र सहयोग गर्न रुचाउने सैनामैना–६, दुधराक्ष निवासी २८ वर्षिय सुस्मिता गौतम पोख्रेलले करिब ७० हजार बराबरको घरायसी सामाग्री सहयोग गरेकी हुन् ।
मुगु जिल्लाबाट बसाईसराई गरी सैनामैना वडा नम्बर ५ र ६ मा आएका ती गरिब परिवारलाई करिब १ महिना पुग्ने खाद्यान्न सामाग्री वितरण गरिएको हो । सहयोगमा प्रतिघरधुरीलाई २५ केजी चामल, दाल, तेल, ब्रस, साबुन लगायत घरमा चाहिने सम्पूर्ण सामान प्रदान गरिएको हो । आफूले कमाएको पैसाबाट समाजमा रहेका विपन्न परिवारलाई मानवीयताको हिसाबले सहयोग गरेको सहयोगदाता सुस्मिताले बताइन् । प्रत्येक वर्ष आफूले सहयोग गर्देै आएको बताउँदै आगामी दिनमा समेत सहयोगी भावना अघि बढ्ने उनले बताइन् । सामान पाएसंगै ती परिवारले खुसी व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij