images

सोमवार, बैशाख २४ गते २०८१

दोहोरो मारमा निजी शिक्षक

दोहोरो मारमा निजी शिक्षक

images
images
images
शुक्रवार, कार्तिक ७ २०७७
शुक्रवार, कार्तिक ७ २०७७
  • दोहोरो मारमा निजी शिक्षक

    हंसिलो अनुहार, चिटिक्क परेको पहिरनमा सजिएर सधै बिहान ९ बजे विद्यालयमा हाजिर हुने निजी शिक्षक, हरेक वर्ष विद्यार्थीको घर घर गएर हजुर हाम्रो विद्यालयमा विद्यार्थी पठाउनु प¥यो हामी अझ मिहिनेत गछौं भन्ने निजी शिक्षक, नेपालको शिक्षा गुणस्तरमा करिब ७० प्रतिशत भन्दा बढी अंश लिने निजी शिक्षक, निजी भनेर हेपिए पनि सरकारलाई एक प्रतिशत कर तिर्ने निजी शिक्षक, विद्यालय प्रशासनले तोकेको नेपाल सरकारको मापदण्ड भन्दा कम तलब पाउने निजी शिक्षक, शिक्षा संगसंगै नियमित रुपमा विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने पनि निजी शिक्षक, न कुनै बोनस्, न कुनै दशैं तिहार भत्ता, न पोशाक, न खाजा–नास्ता, न त ग्रेड वृद्धि, न वार्षिक तलबमा नै वृद्धि, न त सम्झौता र करारनामा, यत्तिकै खटिएका छन् निजी शिक्षक, साँच्चै बेरोगारीको संख्या कम देखाउनको लागि र शिक्षा गुणस्तर मापन उच्च देखाई विदेशीबाट अनुदान प्राप्त गर्ने माध्यमको लागि मात्र निजी शिक्षकहरुले काम गरेको हो ? उनीहरुलाई न कुनै वार्षिक विदा नै हुन्छ, न कुनै विरामी विदा, न सुत्केरी विदा, न घर विदा नै, अझ अलि बढी विदा भएको चाडपर्वमा समेत बिना कुनै भत्ता, नास्ता–पानी बिना पनि होम भिजिटको नाममा कार्यस्थल खटाइएको हुन्छ, तैपनि मेरो विद्यालय भनेर मिहिनेतमा कुनै कमी गरेको हुँदैन निजी शिक्षकले । हामी सबैले महसुस गरेकै छौ, निजी विद्यालयमा अध्यापनरत निजी विद्यालयको शिक्षक र कर्मचारीको अवस्था तर पनि त्यो पीडा कसैलाई देखाएको हुँदैन । मुसुक्क मुस्काउने अनि अभिभावकलाई सम्मान गर्ने, विद्यार्थीहरुलाई माया गर्ने, विद्यालयका संस्थापकहरुप्रति वफादार रहेन उसको सबै भन्दा गुणवान चिज हो ।
     
    अहिले विश्व समुदाय कोरोनाका कारण आर्थिक मन्दिको चपेटामा परेको छ, केही देशले जबरजस्ती भए पनि अर्थलाई चलायमान गराउने प्रयास गरिरहेका छन् भने केही अझ खतरनाक स्थितिमा गुज्रिरहेका छन् । नेपाल त्यसै पनि आर्थिक अवस्था कमजोर भएको देशमा यसले त धेरै ठूलो नोक्सानी व्यर्होनुपरेको छ । तैपनि जनतन उद्योगधन्दा चलाउने प्रयास भइरहेको छ, व्यापार व्यवसाय चलायमान हँदैछन्, यातायात पनि विस्तारै सञ्चालन भइरहेको छ । पर्यटन क्षेत्र पनि अब करिब करिब चलायमान गराउने प्रयास भइरहेको छ भने विद्यालयलाई अझसम्म पनि के गर्ने भन्ने विषयमा सोच्न समेत सकिएको अवस्थामा छैन् । चैत्र ११ गतेको देशव्यापी लकडाउनका कारण बन्द भएका धेरै क्षेत्रहरु विस्तारै जे जस्तो भए पनि सुरुवात त हुँदैछन् भने विद्यालय त सुरु हुने कुनै छाँटकाँट देखिएको छैन । नेपालको शिक्षामा भएको व्यवस्था अनुसार निजी र सामुदायिक विद्यालय दुवै छन् र शिक्षामा दुवैको महत्वपूर्ण योगदान रहेको छ । होला केही कमीकमजोरीका कारण सबै सामुदायिक विद्यालयमा शिक्षक हुन सकेनन् उनीहरु निजीतिर आए तर यसको मतलब यो होइन कि उनीहरु सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु भन्दा न्यून गुणस्तरका छन्, या यो पनि होइन कि निजी विद्यालयका शिक्षकहरुले गुणस्तरीय शिक्षा दिएका छैनन्, अझ यो पनि होइन कि निजी विद्यालयको भौतिक संरचना सामुदायिकको भन्दा कमजोर छ, या उनीहरुलाई तालिम हुँदैन, जस्ता आदिआदि कुरामा कही पनि सामुदायिक विद्यालय र त्यहाँ कार्यरत शिक्षक भन्दा निजी शिक्षकहरु कमजोर छन् भन्न मिल्दैन ।
     
    बरु निजीमा भन्दा सामुदायिक विद्यालयमा पढाउनेहरुलाई सेवा सुविधा बढी छ, तैपनि कतिपय अवस्थामा त गुणस्तरमा पनि कमि नै देखिन्छ, उहाँहरुले दिनको पुरा पिरियड (७/८) पनि पढाउनु पर्दैन, प्रयाप्त शैक्षिक सामाग्री पनि उपलब्ध हुन्छ, तर यी सबै सेवा सुविधा निजी विद्यालयमा कहाँ हुन्छ र ? सीमित स्रोत र साधनको उपलब्धता भए तापनि सामुदायिक शिक्षाको गुणस्तर भन्दा नराम्रो अवश्य पनि छैनन् । निजी विद्यालयहरु र त्यहाँ पढाउने शिक्षकहरु यसको मतलब यो होइन कि हामी उहाँहरुको डाह गरेको वा उहाँहरुले सबै सुविधा पाएर पनि कमजोर शिक्षा प्रदान गर्नु भो भनेर, हामी सधै सामुदायिक विद्यालयमा अध्यापनरत सबै शिक्षकहरु प्रति उच्च सम्मान गर्दछौं । उहाँहरुको शिक्षा क्षेत्रमा गरेको योगदानको सधै कदर गर्दछौं ।
     
    हामीले गुनासो गरेको त केवल हाम्रो विद्यालय प्रशासन र नेपाल सरकारको विभेदको नीतिलाई हो । अहिले चाडपर्व आइरहेको छ, सबैको परिवारमा आशा हुन्छ कि जागिर गरिरहेको ले पक्कै पनि केही न केही त ल्याउला, मिठो खाना पाउँला, राम्रो लगाउन पाउला भनेर तर हामी निजी शिक्षकको बिडम्बना भन्ने हो भने कहालीलाग्दो अवस्थामा छ, कोहीले फागुन÷चैत्रदेखि त कोहीले वैशाखदेखि तलब वा सेवा सुविधा केही पाएका छैनन्, गुनासो गर्ने ठाउँ छैन, सरकार भन्छ मालिकसित माग, मालिक भन्छन् अभिभावकले दिएनन्, अभिभावक भन्छन् पढाइ भएको छैन कसरी दिने ? साथीभाई आफन्तसंग गुनासो ग¥यो कसले तलाई निजी विद्यालयमा पढाउन जा भनेको थियो ? भनेर ठाडो जवाफ पाइन्छ । त्यही पेशा, त्यहीस्तर, त्यही मिहिनेत गर्ने सामुदायिक विद्यालयका साथीहरुले तलब र दशैं भत्ता बुझिरहँदा, हामी टुलुटुलु हेनै बाध्य छौं, घरका व्यवहारिक कठिनाई त आफ्नो ठाउँमा होला त्यो फरक पाटो भो तर ६/७ महिना सम्म पनि बिना तलब बसालेर अझ उल्टै अनलाइन कक्षा सञ्चालनको नाममा अझ बढी व्यस्तता बढाउनको लागि विद्यालय प्रशासनबाट दवाव आइरहेको हुन्छ । निजी शिक्षक न हो तलब नपाए पनि विद्यार्थीको भविष्यलाई उज्जवल बनाउनको लागि अनलाइन कक्षालाई पनि निरन्तरता दिइरहेका छन् ।
     
    सरकारी शिक्षकका त राजनीतिक दलै पिच्छे शिक्षक संगठनहरु खुलेका छन्, उनीहरुलाई कुनै समस्या आए तुरुन्त त्यसको निराकरण गर्छन् तर उनीहरुले यो बिर्सिएका छन् कि निजी विद्यालयका शिक्षकले पनि हाम्रो पार्टीलाई भोट दिएका छन्, हाम्रा नेतालाई जिताएका छन् यिनीहरुको पक्षमा आवाज उठाउनुपर्छ भनेर । प्याब्सन, एनप्याब्सन तथा अन्य निजी विद्यालयको संगठन भनिए पनि यिनीहरु सञ्चालकहरुको नै संगठन हो उनीहरुले आफ्ना संस्थालाई अनवरत रुपमा सहयोग पु¥याउने शिक्षक–कर्मचारीको बारेमा कुनै त्यस्तो ठोस कदम उठाउन त सकेनन् सकेनन् तर विभिन्न पेशागत संघ–संस्थाहरु, मानवअधिकारकर्मी, स्थानीय सरकारहरुले पनि कुनै प्रकारको आवाज नउठाउँदा यी निजी विद्यालयमा कार्यरत लाखौं शिक्षक÷कर्मचरीहरु साँच्चै भोकभोकै पर्ने अवस्था सिर्जना भएको छ ।
     
    अन्त्यमा, शिक्षक भनेको समाजको दर्पण हो, उनीहरु नै हो बालबालिकालाई देशको उज्जवल भविष्य बनाउन प्रेरणा प्रदान गर्ने चाहे ती सामुदायिक विद्यालयमा अध्यापनरत हुन् या निजीमा दुवैको एउटै उद्देश्य छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीको जिम्मा सरकारले लिनु नै पथ्र्यो, लिएकै छ, तर निजीका विषयमा पनि त केही निर्णय गरिदिनुपर्ने या सरकारले नै जिम्मा लिनु पर्ने किनकी कर त निजीकाले पनि तिरेकै छन् । विद्यालयलाई उचाईमा पु¥याउन दिनरात खटिने शिक्षक र कर्मचारीका विषयमा विद्यालयका प्रशासन र त्यहाँका प्रशासक या संस्थापक सदस्यहरुले पनि सोच्नुपर्ने हुन्छ किनकी एक त मानवताको नाताले पनि उनिहरुलाई यो महामारी र आपतविपतको समयमा सहयोग गर्नुपर्दथ्यो भने आज जुन विद्यालयले उचाई लिएको छ या भनौ म त फलना विद्यालयको साहु हुँ वा म त त्यो विद्यालयको लगानीकर्ता भने भन्न पाएका छन् त्यसको महत्वपूर्ण श्रेय भनेको शिक्षक÷कर्मचारीलाई नै जान्छ, होला उहाँहरुले लगानी गरेर विद्यालयको भौतिक संरचना तयार गरिदिनुभएको तर त्यस संरचनामा गुणस्तरीय विरुवाको उत्पादन त शिक्षक कर्मचारीबाट नै भएको हो, त्यसैले विद्यालय प्रशासन र शेयर सदस्यहरुले यो महामारीको समयमा आफ्नो संस्थामा कार्यरत शिक्षक–शिक्षिका तथा कर्मचारीहरुको संरक्षण गर्ने दायित्व लिनु नै पर्दछ ।
     
    निजी विद्यालयका अभिभावकज्यूहरु, विद्यार्थी भाई बहिनीहरु पनि त्यति शिक्षकहरुप्रति सकारात्मक भए जस्तो अहिलेको परिस्थितिमा देखिदैनन तर किन ? हामी हजुरको घर घर गएर विद्यार्थीका बारेमा जानकारी लिने दिने गरेका होइनौ ? हजुरहरुले दिएको सुझालाई विद्यालयमा प्रयोग गरेका होइनौ ? त्यसैले हामी निजी विद्यालयका शिक्षकको पीडा कहाँ र कसको मा पोख्न पाउने हो ? न त सरकारले सुन्छ, न विद्यालय प्रशासनले न अभिभावक न विद्यार्थी संघ–संगठन । निजी विद्यालयका शिक्षकहरु पनि नेपालका नागरिक हुन् उनीहरुले पनि शिक्षामा केही योगदान गरेका छन् उनीहरुलाई सो समस्याको घडीमा सबैले साथ र सहयोग गरौं । कम्तिमा पनि न्यूनतम नै भए पनि तलब लिएर घर परिवार चल्ने वातावरण बनोस् । धन्यवाद ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij