शनिवार , फाल्गुण २१, २०७८
सैनामैना, २१ फागुन ।
पाल्पाली समाज नेपाल सैनामैना नगर समितिको सातौं साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले रुमाखर गौतमको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मञ्जु ज्ञवाली, महासचिवमा कविराज पौडेल, सचिवमा रेनुकान्त दगासे पौडेल, कोषाध्यक्षमा सरिता आचार्य र सदस्यहरुमा विष्णु प्रसाद पौडेल, हरि प्रसाद पौडेल, राम प्रसाद पौडेल, डिलाराम पोख्रेल, फर्स बहादुर पोख्रेल, कल्पना थापा, कर्ण बहादुर कार्की लगायत रहेका छन् ।
सैनामैना वडा नम्बर ६ स्थित सहिद नारायण पोख्रेल रामापुर क्याम्पसको हलमा भएको कार्यक्रम पाल्पाली समाज नेपाल सैनामैनाका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, पाल्पाली समाज नेपाल केन्द्रीय अध्यक्ष पदम बहादुर कार्कीको प्रमुख आतिथ्यता तथा पाल्पाली समाज नेपालका केन्द्रीय उपाध्यक्ष जित बहादुर भाटको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
सोही अवसरमा बोल्दै पाल्पाली समाज नेपाल केन्द्रीय अध्यक्ष पदम बहादुर कार्कीले पाल्पादेखि सैनामैनामा बसाईसराई गरी आएकाहरुलाई एकताबद्ध बनाउन समाज स्थापना गरिएको बताए । एकताबद्ध मात्र नभइ सामाजिक क्षेत्रमा काम गर्न र जनताका साझा मुद्दा उठान पनि यो समाजले काम गर्ने बताए । कार्यक्रममा समाजका महासचिव रुमाखर गौतमले सञ्चालन गरेका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij