२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रोहिणीमा एमाले र राप्रपा परित्याग गरी ५० जना जसपामा प्रवेश

मंगलवार , फाल्गुण २४, २०७८

भैरहवा, २४ फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी ५० जना जनता समाजवादी पार्टी नेपाल (जसपा)मा प्रवेश गरेका छन् । रोहिणी गाउँपालिका–६ स्थित बिसुनपुरामा जसपाले सोमबार आयोजना गरेको टोल समिति गठन तथा पार्टी प्रवेश कार्यक्रममा ५० जना जसपामा प्रवेश गरेका हुन् । 

पछिल्लो समय अन्य पार्टी परित्याग गरी जसपामा प्रवेश गर्नेको संख्या बढ्दै गएको पार्टीका संघीय परिषद सदस्य विद्या यादवले बताए ।