२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

कांग्रेस सैनामैना वडा नम्बर ८ मा महिला परिचालन समिति गठन

मंगलवार , फाल्गुण २४, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • सैनामैना, २४ फागुन ।
    आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस निकट नेपाल महिला संघले वडास्तरमा महिला परिचालन समिति गठन प्रक्रियालाई अघि बढाएको छ । पालिकामा हुने निर्वाचनमा कांग्रेसको वर्चश्व कायम गर्न संघले परिचालन समिति गठनलाई तीव्रता दिएको हो ।

    यसैक्रममा नेपाली कांग्रेस सैनामैना वडा नम्बर ८को आयोजनामा भएको एक भेलाले मंगलबार वडास्तरीय महिला परिचालन समिति गठन गरेको छ । भेलाले पुष्पा भट्टराईको अध्यक्षतामा ५५ सदस्यीय परिचालन समिति गठन गरेको हो । नवसमितिको उपसभापतिमा सुमित्रा चौधरी र आशा सुनार, सचिवमा विष्णु न्यौपाने, यशोदा भण्डारी, सह–सचिवमा उषा कंडेल, कोषाध्यक्षमा रमा पाण्डे र बाँकी सदस्यमा रहेका छन् ।

    कार्यक्रम नेपाली कांग्रेस सैनामैना वडा नम्बर ८ का वडा सभापति महोदत्त ढकालको अध्यक्षता, नेपाली कांग्रेस जिल्ला पूर्व उपसभापति फणिन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, महाधिवेशन प्रतिनिधि शारदा गौतम, लक्ष्मी चौधरी, कांग्रेस सैनामैना नगर सभापति रण बहादुर खनालको विशिष्ट आतिथ्यतामा भएको प्रदेश प्रतिनिधि मुक्त बहादुर थापाले जानकारी दिए ।

    कार्यक्रममा महिला संघ परिचालन समिति संयोजक लक्ष्मी जोशी, जिल्ला सदस्य सीता पोखरेल, कांग्रेस नगर सचिव अर्जुन पौडेल, सदस्य सुशीला शर्मा लगायतले बोलेका थिए । सैनामैना वडा नम्बर ८ मा रहेको सतचिन्तनमा भएको कार्यक्रममा एक हजार भन्दा बढीको सहभागिता रहेको थियो ।