२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

स्थानीय तहमा एमालेको जित सुनिश्चित छ : अध्यक्ष ओली

बुधवार , फाल्गुण २५, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • मोरङ, २५ फागुन ।
    नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित हासिल गर्ने दावी गरेका छन् ।

    एमाले जिल्ला कमिटी मोरङद्वारा मोरङको रङ्गेलीमा बुधबार आयोजित तराई मधेश बृहत् जनसभालाई सम्बोधन गर्दै उनले समृद्धिको यात्रामा कतै पनि नअल्मलिकन देशव्यापीरूपमा लाग्ने विश्वास दिलाए  अध्यक्ष ओलीले जन्मसिद्ध आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने भन्दै नागरिकताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

    एमालेभित्रको घुसपैठले पार्टी सरकार विस्थापित भएको बताउँदै अध्यक्ष ओलीले पार्टीमा गलत काम गर्नेहरू चिनीएकाले उनीहरूलाई जनताले ठेगान लगाउने ठोकुवा गरे । उनले आफ्नो पार्टी जनताका माझमा निकै बलियो भएको तर्क गर्दै विगतमा एमाले सही नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको दावी गरे ।

    MD_MORANG_KPOLI.jpg

    आफ्नो नेतृत्वमा बनेको सरकारले रक्सौल काठमाडौँ रेलसेवा, सुरुङमार्ग, काठमाडौँमा सुक्खा बन्दरगाह जस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड–१९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको बताए ।

    सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गर्दै उनले जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राखे । सदरमुकाम जोड्ने बुटबल, ढल्केवर, गोरुसिङे, नेपालगञ्ज र धनगढीमा चारदेखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दावी गरे ।

    एमाले नेतृत्वको सरकारले ज्येष्ठ नागरिक, अपांगता भएका र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको प्रसंग उल्लेख गर्दै अध्यक्ष ओलीले हाम्रो पार्टी जनताको चाहना एवं भावनाअनुसार काम गरेको उल्लेख गरे ।

    सो अवसरमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित रङ्गेली नगरपालिका प्रमुख दिलीप अग्रवाल (बगडिया), उपप्रमुख केशवकुमारी खराल, वडा नम्बर ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, वडा नम्बर ५ का वडाध्यक्ष महानन्द मण्डल र वडा नम्बर १ का वडाध्यक्ष महेश खनालसहितका कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष ऋषि पोखरेलले जानकारी दिए । रासस