images
images

शनिवार, जेठ ५ गते २०८१

लुम्बिनी विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

लुम्बिनी विकास कोषमा रिक्त पदाधिकारी नियुक्त

images
images
images
बुधवार, फाल्गुण २५ २०७८
बुधवार, फाल्गुण २५ २०७८
  • लुम्बिनी विकास कोषमा रिक्त पदाधिकारी नियुक्त
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले लुम्बिनी विकास कोषका नवनियुक्त पदाधिकारीलाई आज मन्त्रालयमा निर्देशन दिँदै । तस्बिर : विमलबहादुर विष्ट/रासस

    काठमाडौं, २५ फागुन ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त ९ पदमा पदाधिकारी नियुक्त गरेका छन् । विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रिस्तरीय निर्णयबाट उहाँहरुलाई नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ । 

    images
    images
    images

    नवनियुक्त भएकालाई आज मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गरेका छन् । उक्त कोषमा नियुक्त हुनुभएकामा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल तथा रामनरेश कोहार रहेका छन् । 

    त्यसै गरी परिषद् सदस्यमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव तथा गोपिकृष्ण शर्मा रहेका छन् । नवनियुक्त पदाधिकारीलाई मन्त्री आलेले निर्धक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिएका छन् । आउँदै गरेको बुद्धजयन्ती भव्य तथा सभ्य रूपमा सफल पार्नका लागि सबै पदाधिकारी, कर्मचारी एकजुट भएर लाग्न समेत निर्देशन दिएका थिए । रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij