
बिहिवार , फाल्गुण २६, २०७८
फाल्गुन २६ गते। नेपाली कांग्रेस लुम्बिनी प्रदेशले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो वर्चश्व कायम गर्न विशेष रणनीति बनाउँदै अघि बढेको छ ।
कांग्रेसको महाधिवेशनबाट नयाँ जिम्मेवारी पाएका नेतृत्वकर्ताहरुले आगामी वडा तथा पालिकामा हुने चुनावमा कांग्रेसलाई विजय हाँसिल गराउन रणनीति बनाउँदै थप जिम्मेदारी सुम्पिदै दौडधुप गरिरहेका छन् ।भावि चुनावलाई लक्षित गर्दै कांग्रेस लुम्बिनी प्रदेशले विभिन्न निर्णयहरु बिहिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । घर–घर जाओ, कांग्रेस जिताऔ अभियानलाई साकार पार्न नेपाली कांग्रेस, लुम्बिनी प्रदेश कार्यसमितिको दोस्रो बैठकबाट पारित भएका निर्णयहरुलाई सार्वजिनक गरिएको हो।
पार्टिलाई थप सक्रिय बनाउन र चुनाव केन्द्रीत रणनिति बनाउन कांग्रेसको कार्यविधि र केन्द्रीय समितिको निर्देशन अनुसार विभिन्न विभागमा रहेर कार्य गर्न प्रतिनिधी खटाउने निर्णय भएको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले जानकारी दिए ।
नेपाली कांग्रेसको नियमावलीको धारा ३३ को २(क)सभापतिबाट प्रदेश प्रशिक्षण विभागको प्रमुखमा प्रदेश कार्यसमितिका उपसभापति भवन प्रसाद श्रेष्ठलाई चयन गरिएको छ भने कांग्रेसको विधान २०१७ (संसोधन सहित) को धारा १३(६) (घ) बमोजिम सभापतिबाट प्रदेश कार्यसमितिको कोषाध्यक्षमा प्रदेश कार्यसमितिका सदस्य प्रकाश रानालाई मनोनय गरिएको छ ।
यस्तै,प्रदेश भित्रका ५२ वटै प्रदेश सभा क्षेत्रमा प्रदेश समितिका तर्फबाट पार्टीका केन्द्रीय प्रतिनिधि सँग समन्वय गरी जिल्ला समिति प्रतिनिधी सभा,क्षेत्र कार्य समिति र प्रदेश सभा क्षेत्र कार्यसमिति सँग सहकार्य गरी केन्द्रले पठाएको परिपत्र अध्ययन सामाग्री एवं प्रदेश कार्यसमितिबाट पारित कार्यविधि अनुसार कार्य गर्न प्रतिनिधि खटाउने भएको छ ।
अन्य के के निर्णय भएका छन् ? हेनुर्होस्
१.प्रतिनिधि भई खटिईएको प्रदेश सभा निर्वाचन क्षेत्रमा व्यापक सहभागिताका साथ पालिका वडा हदै टोल समिति सम्मका साथीहरुसंग बैठक गर्ने (ख) केन्द्रीय प्रतिनिधीसँग समन्वय गर्ने सम्बन्धित जिल्ला सभापति तथा संघिय निर्वाचन क्षेत्रका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्र सभापति सँग सहकार्य गर्ने,
२.विधानको पालना गर्दै प्रतिनिधी भई गरेका कार्यको विवरणको प्रतिवेदन बनाई नेपालीकांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको कार्यालयमा पेश गर्ने,
३.केन्द्रवाट जिल्लामा पठाईएको परिपत्र अध्ययन सामाग्री एवं प्रदेश कार्यसमितिबाट पारितकार्यविधि अनुसार कार्य गर्ने,
४.स्थानीय तहका उम्मेदवारहरुलाई छनोट गर्दा निधित विधि र मापदण्ड बनाई पार्टीमा गरेको योगदान, जनाधारको मुल्याङ्कन गर्ने ग) कार्य क्षमता वा कार्यकुशलता, दक्षता सहितको समावेशितालाई प्राथमिकता, क्रियाशिलता, निरन्तरता, निष्ठा त्यागको उच्च मुल्याङ्कन गर्ने च) प्रतिस्पर्धी पार्टीका उम्मेदवार समेतलाई मध्यनजर गरी उम्मेदवार छनोट गर्ने, अवसरहरूको उचित र न्यायिक वितरण गर्ने जस्ता योग्यताहरुलाई आधार बनाई गराउने ,
५.पार्टीको केन्द्रीय समितिसँग समन्वय गरी भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशिल,चुस्त र प्रभावकारी बनाउन, स्थानीय तहको निर्वाचनमा अन्य पार्टीहरुसँग गठबन्धन गर्ने या नगर्ने सम्बन्धमा तत् तत् तहको स्थानीय आवश्यकता र परिस्थिती अनुसार पार्टीको केन्द्रीय समितिको नीति निर्देशन समेतलाई आधार बनाउने ।
६.चार वर्षे कार्ययोजना समितिले प्रस्तुत गरेको चार वर्षे कार्य योजनाको ड्राफ्ट यही फाल्गुण २० गते भित्र पृष्ठपोषण प्रदेश कार्यसमितिको कार्यालयमा प्राप्त हुने गरि जिल्ला सभापति र प्रदेश कार्यसमितिका सदस्यहरुलाई ई–मेल गरी पठाउने (८) यस प्रदेश कार्यसमितिको पपलियाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि पदाधिकारी सदस्य तथा शुभेच्छुक सबैले स्वईच्छाले आर्थिक सहयोग उपलब्ध गराउने
७.नेपाल दलित संप म्बिनी प्रदेश कार्यसमितिको अधिवेशन यही फागुन २७ गते प्युठानमा हुने र केन्द्रीय महाधिवेशन यसै प्रदेशको बुटवल नगरीमा चैते हुने भएकाले सो अधिवेशनलाई सफल बनाउन सम्पूर्ण कार्यसमितिले सहभागिता जनाउने निर्णय,
८.नेपाली केन्द्रीय महाधिवेशन यही फाल्गुन २७ गते हुने भएकाले हरि प्यानललाई सहयोग गर्ने निर्णय जस्ता भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij