बिहिवार , फाल्गुण २६, २०७८
भैरहवा, २६ फागुन ।
नेपाली कांग्रेसका क्रियाशिल सदस्य तथा बुटवल उपमहानगरपालिका–१६ निवासी युवा नेता गोविन्द चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा शुद्धोधन गाउँपालिका कमिटीले बुधबार आयोजना गरेको बैठकमा चौधरीलाई राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले पार्टीमा स्वागत गरे ।
गाउँपालिका कमिटी अध्यक्ष पुष्प थारुको अध्यक्षता, राप्रपा रुपन्देहीका उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा क्षेत्रीय अध्यक्ष प्रेम चौधरी, सचिव शंकर कार्की, जिल्ला सदस्य दिना यादव, प्रदेश ३ (क)का अध्यक्ष प्रेम कुवर, नेताहरु मान बहादुर रसायली, घनश्याम भट्टराई लगायतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
