२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

राप्रपाद्वारा सम्मरीमाई–५ मा संगठन विस्तार

बिहिवार , फाल्गुण २६, २०७८

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २६ फागुन ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा संगठन विस्तार गरेको छ । वडा नम्बर ५ मा अंगत मल्लाहको संयोजकत्वमा २१ सदस्यीय युवक संगठन र सुभावती धवलको संयोजकत्वमा १९ सदस्यीय महिला संगठन विस्तार गरिएको राप्रपाले जनाएको छ ।

    राप्रपा इकाई अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षता, रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, जिल्ला सचिव बलराम शर्माको विशिष्ट आतिथ्यता, युवा नेता सुजित कुमार यादवको सञ्चालनमा सम्पन्न कार्यक्रममा क्षेत्र नम्बर ४ का अध्यक्ष सद्दाम शाह, महिला नेतृ सुभावती यादव, नेताहरु भोला देवान, घनश्याम भट्टराई, रमापति यादव, केशवराम तिवारी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५७ जना राप्रपामा प्रवेश गरेका थिए ।

    275264658_366695045354383_1965140998712292454_n.jpg