
शनिवार , फाल्गुण २८, २०७८
भैरहवा, २८ फागुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष व्यास मुन थारु जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।
जसपा क्षेत्र नम्बर १, रुपन्देहीले तिलोत्तमा–१० स्थित बेवरामा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा थारु जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका वरिष्ठ नेता अशोक राई, महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादव लगायतले पार्टीमा स्वागत गरे । गत २०७४ सालको स्थानीय तह निर्वाचनमा व्यास मुन थारु नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सय जना बढी जसपामा प्रवेश गर्नुभएको पार्टीका संघीय परिषद सदस्य तथा युवा नेता विद्या यादवले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij