२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

एमाले रोहिणी सचिव राजाबाबुसहित एक हजार बढी कांग्रेसमा प्रवेश

शनिवार , फाल्गुण २८, २०७८

रुपन्देही, २८ फागुन ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेकपा एमाले रोहिणी गाउँपालिकाका सचिव भोला क्षेत्री (राजाबाबु) सहित एक हजार बढी कांग्रेसमा प्रवेश गराएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १,रुपन्देहीको आयोजनामा धकधईमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न आएका गृहमन्त्री खाँणले एमालेका रोहिणी गाउँपालिका कमिटी सचिव क्षेत्री, एमाले रोहिणी गाउँपालिका–३ का अध्यक्ष पवि क्षेत्री, एमाले रोहिणी गाउँपालिका वडा नम्बर ३ का सचिव राजकिशोर त्रिपाठी, सह–सचिव धर्मदेवी प्रजापति, वडा नम्बर २ का सचिव जाहिर खान तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य पार्टी परित्याग गरी करिब एक हजार भन्दा बढीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

275374304_384498633123763_3656636516083571591_n.jpg

सोही कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले जनताको पार्टी कांग्रेस भएको दावी गर्दै अबको निकास कांग्रेसबाहेक अरु कुनै पार्टीले दिन नसक्ने ठोकुवा गरे । लोकतन्त्रलाई संस्थागत गर्न र आमजनताको अधिकार सुनिश्चित गर्न सदैव लागिरहेको तर्क गर्दै गृहमन्त्री खाँणले कांग्रेसमा आउनेको जनलहर चलिरहेको बताए । राष्ट्रियताको पक्षमा सडक र सदनबाट आवाज उठाउने पार्टी भएकै कारण कांग्रेसलाई रुचाइएको समेत उनले विश्वास व्यक्त गरे ।

फरक प्रसंगमा बोल्दै खाँणले एमसीसी देशका लागी हितकार भएको दावी गरेका छन् । उनले यो परियोजनाले राष्ट्रियता बलियो बनाउने बताउँदै नेपालको विकासमा ठूलो आधारशिला तयार पार्ने जिकिर गरे । नेता खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुँदैमा नेपालमा बिजुलीको तारबाट अमेरिकाको सेना र गोलाबारुद आउँदैन तर बाहिर बजारमा आएका हल्ला मात्रै भएको र यसमा पुर्ण विश्वास नगर्न आग्रह उनले गरे ।

275401846_291707346377138_7425355835997983308_n.jpg

एमसीसीकै अंगका रुपमा ब्याख्यात्मक टिप्पणी गरिएको छ । “मुलुक विकासका लागि गरिएको एमसिसि सम्झौता हो । यसमा अरु कुनै मनसाय छैन ।” खाँणले भने । खाँणले नेपाल प्रहरीलाई सरकारले विशेष चासोका साथ हेरेको बताएका छन् । प्रहरीमा बढुवा र सेवासुविधाका हकमा वृद्धि गरिएको बताउँदै मुस्कानसहितको सेवा मात्र नभइ अब सम्मान पनि हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री अब्दुल रज्जाकले कम्युनिष्टहरुले जनतामाझ भ्रमको खेती गरिरहेको बताए । तत्कालीन केपी शर्मा ओलीको सरकारले संविधान विरोधी काम गरेर भ्रष्टाचार गरेको आरोप लगाउँदै व्यक्तिगत र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताए ।

received_512858933525599.jpeg

कांग्रेस अब आगामी स्थानीय तहको चुनावमा केन्द्रीत भएको बताउँदै रोहिणी लगायत अन्य पालिकामा कांग्रेसले नै विजय हासिल आशा लिए । कांग्रेस निकट भातृसंगठन तथा शुभेच्छुक संस्थाहरुलाई चुनावमा लाग्न र घर घर जाऔँ, कांग्रेस जिताउँ अभियानलाई निरन्तरता दिन अपिल गरे ।

कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँणले आगामी हुने चुनावमा कांग्रेसको जित सुनिश्चित हुन थालेपछि एमालेका अध्यक्ष के.पी ओलीले जताततै हरियो देख्न थालेको बताए । चुनावमा हारको परिणाम देख्नुपर्छ भनेर अहिलेदेखि नै एमाले अत्तालिएको आरोप समेत सभापति खाँणले लगाए ।

received_1086976481847077.jpeg

कांग्रेस क्षेत्र नम्बर १ का सभापति हिरा बहादुर खत्रीले युवादेखि वृद्धासम्म कांग्रेसमा आउनेको संख्या बढिरहेकोले आउने चुनावमा कांग्रेसको जित हुने र जनताको सेवक बन्न पाइने भन्दै खुसी व्यक्त गरे । मुलुकमा संविधानको निर्माण गरेर ठुलो संकटबाट बचाउने पार्टी कांग्रेस भएकाले अबको आर्थिक विकास र जनताको रक्षा कांग्रेसले नै गर्न सक्ने बताए । कम्युनिष्ट लगायत पार्टीले देशमा शासन गरे तर अहिलेसम्म कुनै जनताको पक्षमा काम नभएको कुरा उनले उल्लेख गरे ।

275475918_948512615795229_6849401795614280865_n.jpg

कांग्रेस क्षेत्र नम्बर १ रुपन्देहीका सचिवद्धय विजय गुरुङ र बैजनाथ सहानीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा २ हजार बढीको उपस्थिति रहेको थियो ।

275485492_769199277385727_5237514782248922059_n.jpg