२०८२, फाल्गुण २ गते

Feb 14 2026 | २०८२, फाल्गुण २ गते

आज प्रतिनिधिसभा बैठक, महाअभियोग प्रस्ताव अघि बढ्ने सम्भावना 

आइतवार , फाल्गुण २९, २०७८

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • काठमाडौं, २९ फागुन ।

    प्रतिनिधिसभाको बैठक आज दिउसो बस्ने भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउसो १ बजे बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। आजको सम्भावित कार्यसूचीमा दुई वटा प्रस्ताव रहेका छन्।

    संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ।

    त्यस्तै, सम्भावित कार्यसूचीमा सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा ९२० एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम ९१० बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता गराएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख छ।

    सत्तारुढ दलका सांसदले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। त्यसमाथि निर्णय गर्न संसदीय छानबिन समिति गठन गरिसकिएको छ।