
आइतवार , फाल्गुण २९, २०७८
रुपन्देही, २९ फागुन ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सैनामैना नगर समितिले निकट भातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशिल र संगठित गर्नेतर्फ केन्द्रीत भएको छ । शानिबार बसेको नेपाली कांग्रेस सैनामैना नगर समितिको बैठकबाट तरुण सैनामैना नगरस्तरीय परिचालन समितिको संयोजकमा प्रतिक श्रेष्ठलाई नियुक्ति गरेको छ । सो समितिले आगामी स्थानीय तहको निर्वाचनका लागि वडा परिचालन गठन तथा नगरस्तरमा युवाहरुलाई संगठित गर्नेछ ।
तरुण सैनामैना नगरस्तरीय परिचालन समितिको संयोजक प्रतिक श्रेष्ठले बोल्दै आगामी निर्वाचनमा कांग्रेसको ‘घरघरमा जाऔं, कांग्रेस जिताऔं’ अभिानलाई तीव्रता दिने बताए । साथै निर्वाचनको बेला हुने गलत क्रियालापकोविरुद्धमा उत्रिने बताउँदै श्रेष्ठले शान्ति र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न यो परिचालन समितिले अतुलनीय भूमिका निर्वाह गर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij