
आइतवार , फाल्गुण २९, २०७८
रुपन्देही, २९ फागुन ।
नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय अध्यक्ष सुमन देवकोटाले माओवादीलाई हराउन प्रतिक्रियावादी तत्व सक्रिय भएको बताएका छन् । गणतन्त्र ल्याएको पार्टी माओवादी केन्द्रलाई जुनसुकै शक्ति लागे पनि विचलित नहुने कुरामा ढुक्क रहेको उनले औँल्याए ।
वाइसिएल सैनामैना नगरको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका देवकोटाले संविधानमा व्यवस्था गरिएका संवैधानिक हकअधिकारहरु जबसम्म हटाउन सकिदैन तबसम्म माओवादीलाई हराउन नसकिने अवसरवादीहरुको ठम्याई रहेको कुरा समेत उल्लेख गरे ।
देश र जनताको लागि भ्रमको खेती गर्ने नेकपा एमालेको गतिविधि देखेर जनता आजित भइसकेको उनले आरोप लगाए । पार्टीलाई सही दिशा निर्दिष्ट गर्ने मुख्य खम्बा नै वाइसिएल भएको बताउँदै देशभरीबाट युवाहरु वाइसिएलमा आउनेहरुको जनलहर बढेको उनले दावी गरे । अब हुने निर्वाचनमा माओवादी केन्द्रलाई विजय बनाउन वाइसिएल परिचालित हुनुपर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा प्रदेशसभा सदस्य सुर्दशन बरालले राष्ट्रियताको पक्षमा आवाज उठाउने कुरामा दुइमत नरहेकोे उल्लेख गरे । विकृति, विसंगतिकोविरुद्धमा वाइसिएलले काम गर्दै आएको भन्दै सबै युवाहरुको विचारको आस्था वाइसिएल भएको सांसद बरालले उल्लेख गरे ।
आपतविपत अथवा अन्यायमा परेको अवस्था उद्दार र न्यायका लागी वाइसिएल तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए । जनताको लोकप्रिय पार्टीको रुपमा उभ्याउन वाइसिएलले गरेको योगदानको प्रशंसा गर्दै आगामी निर्वाचनमा माओवादीको वर्चश्व कायम गर्न स्वर्तस्फूर्त रुपमा लाग्न आग्रह गरे ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य हुमनाथ न्यौपाने, वाइसिएल लुम्बिनी प्रदेश इञ्चार्ज केयर सिंह कुवंर, वाइसिएल प्रदेश संयोजक जितेन्द्र पुन, माओवादी केन्द्र नेता भोला बस्याल, वाईसिएल जिल्ला अध्यक्ष माधव बस्नेतले बोल्दै माओवादीले युवाहरुलाई अवसर दिएको बताए । पार्टीलाई चलायमान र सुदृढ बनाउन वाईसिएलको आवश्यकता भएको हुदाँ विरासत बोकेको वाइसिएल वैचारिक रुपमा अघि बढेको समेत उनीहरुले बताए ।
त्यसै गरी कार्यक्रममा माओवादी केन्द्र सैनामैना नगर अध्यक्ष मान बहादुर महतले सबै मोर्चाको निर्णायक भूमिका माओवादी केन्द्र भएको बताउँदै युवाहरुलाई संगठित गर्दै जाने र अवसर दिने माओवादी केन्द्र भएको बताए । पार्टीको पुरक वाइसिएल भएको बताउँदै प्रतिक्रियावादीविरुद्धमा सशक्त भएर उभिन आग्रह गरे ।
माओवादी केन्द्र क्रान्तिकारी भएकाले के.पी. ओली प्रवृत्तिलाई किनारा लगाएको बताए । माओवादी केन्द्रसंग कुनै पनि शक्ति टकराउने आँट अहिलेसम्म नगरेको दावी गर्दै अहिले के.पी. ओली प्रवृत्तिका व्यक्तिहरुलाई समाज र देशबाट बहिष्कार गर्न पनि तयार रहेको कुरा जानकारी गराए ।
वाइसिएल सैनामैना नगर अध्यक्ष गोविन्द खरेलले परिर्वतनको सम्वाहक वाइसिएल भएको बताए । पार्टीको खम्बा मात्र होइन समाजमा हुने अनैतिक क्रियाकलापकाविरुद्ध सशक्त भएर लाग्ने बताए । अबको वाइसिएलको रणनीति संगठनलाई विस्तार र आगामी स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारीहरुलाई जिताउन लाग्ने तर्क अध्यक्ष गोविन्द खरेलले गरे ।
वाइसिएल सैनामैनामा नयाँ नेतृत्व, अध्यक्षमा शान्ति बराल
नेकपा (माओवादी केन्द्र) पार्टीको सहायक संगठन वाइसिएल सैनामैनाको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले शान्ति बरालको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नवसमितिको उपाध्यक्षमा दिपक सुनार, जयलाल विश्वकर्मा, मिलन खड्का, सचिवमा घनश्याम अर्याल, सुर्यप्रकाश चौधरी, सहसचिवमा मनिष जि.सी. रहेको माओवादी केन्द्र सैनामैनाका उपाध्यक्ष राजेन्द्र घिमिरेले जानकारी दिए ।
कार्यक्रममा एक हजार भन्दा बढीको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका युवा नेता दिपक अधिकारीले गरेका थिए । सोही क्रममा एमालेसहित विभिन्न पार्टी परित्याग गरी करिब १ सय जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij