२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

पर्रोहा विद्यार्थी समाज २०५३ द्वारा अक्षयकोष स्थापना

आइतवार , फाल्गुण २९, २०७८

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • रुपन्देही, २९ फागुन ।
    पर्रोेहा विद्यार्थी समाज २०५३ ले अक्षयकोष स्थापना गरेको छ । सैनामैना वडा नम्बर ४ स्थित मुर्गियामा रहेको पर्रोहा माध्यमिक विद्यालयमा समाजका संस्थापक अध्यक्ष स्वर्गीय निरञ्जन घिमिरेको स्मृतिमा रु.१ लाख ११ हजार एक सय ११ रुपैयाँ बराबरको अक्षयकोष खडा गरिएको समाजका सचिव गंगा न्यौपानेले जानकारी दिइन् । विद्यालयको ६३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसर पारेर अक्षयकोष स्थापना गरिएको समाजका कृष्ण खनालले बताए ।

    समाजका अध्यक्ष सरिता नेपालले स्वर्गीय निरञ्जन घिमिरेको स्मृतिमा अक्षयकोष स्थापना गरिएको बताउँदै यसबाट गरीब तथा जेहेन्दर विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरिने समेत उल्लेख गरिन् । कोरोना संंक्रमणका कारण निरञ्जन घिमिरेको निधन भएको थियो ।