२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

राप्रपाद्वारा शुद्धोधन–५ मा टोल कमिटी गठन

सोमवार , फाल्गुण ३०, २०७८

भैरहवा, ३० फागुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ५ स्थित रेहरामा टोल कमिटी गठन गरेको छ ।

दिपेन्द्र चौधरी अध्यक्ष र सृजना थारुको उपाध्यक्ष रहेको १७ सदस्यीय टोल कमिटी गठन गरिएको राप्रपाले जनाएको छ ।

कार्यक्रममा राप्रपा क्षेत्र नम्बर ३ का सचिव शंकर कार्की, क्षेत्र नम्बर ३ (ख) का सदस्य बेग बहादुर घिमिरे, जंग बहादुर थारु, शुद्धोधन गाउँपालिका कमिटी अध्यक्ष पुष्पराज थारु, फुलमान थारु, दीपक बस्याल, पुष्पेन्द्र चौधरी, सुर्य थारु लगायतको उपस्थिति रहेको थियो ।