२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

सोमवार , फाल्गुण ३०, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • बुटवल, ३० फागुन ।

    पाल्पाको तानसेन नगरपालिका ५, ढुङ्गाखानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तानसेन–तम्घास सडकखण्ड अन्तर्गत तानसेनबाट हार्थोक जाँदै गरेको लु १४ प ६८६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा रिब्दीकोट–४, भैरवस्थानका २० वर्षीय भरत गोदार रहेका छन्। सडकदेखि १५ मीटर तल मोटरसाइकलसहित खसेका गोदारको उपचारका लागि मिसन अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।